२०८३ असार १४ गते, आईतवार ११:२९

अँग्रेजी नयाँ वर्ष मनाउने क्रममा विष्फोट, १० जनाको मृत्यु

काठमाडौं । नयाँ वर्षको उत्सव मनाइरहेका बेला बिहीबार स्विस अल्पाइन स्की रिसोर्ट क्रान्स-मोन्टानामा विस्फोट भएको छ। स्काई न्यूजले रिपोर्ट गरेअनुसार कम्तिमा १० जनाको मृत्यु भएको छ र १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार स्थानीय समय अनुसार बिहान १:३० बजे विस्फोट भएको थियो। विस्फोट कन्स्टेलेसन बारमा भएको थियो, जहाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव मनाइँदै थियो। विस्फोटको समयमा १०० भन्दा बढी मानिसहरू भित्र थिए।

प्रहरी र आपतकालीन टोलीहरू घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरे। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। विस्फोटको कारण हाल अनुसन्धान भइरहेको छ। सम्पूर्ण क्षेत्रलाई नो फ्लाई जोन घोषणा गरिएको छ।

स्विस समाचार आउटलेट ब्लिकका अनुसार विस्फोट र त्यसपछि लागेको आगलागी कन्सर्टको समयमा प्रयोग गरिएको आतिशबाजीको कारणले भएको हुन सक्छ।

घटनाको जानकारी पाउने बित्तिकै प्रहरी, दमकल र एम्बुलेन्स टोलीहरू घटनास्थलमा पुगेका थिए। घाइतेहरूलाई तुरुन्तै नजिकैका अस्पतालहरूमा भर्ना गरिएको थियो, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। सावधानीका रूपमा, विस्फोट भएको स्थल र वरपरको क्षेत्रलाई सिल गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM