बीरगंज। भारत विहारको सीतामढी जिल्ला सुरसंडबाट वीरगंज छिरेका उत्तम अग्रवालकोे लाेभ लाग्दो प्रगती हेरेर उनका समकक्षी ब्यबसायीहरुले औंला टोक्न थालेका छन।
कुनै बेला रमेश गाडीयाकोे पसलमा काम गर्ने उत्तम अग्रवाल अहिले करोडौकोे मालिक मात्र नभइ छोरा गौरब अग्रवाललाई नेपाली नागरिक समेत दिलाए।
त्यो नागरीकताकोे कारण नेपाली बैंकहरुसँग करोडौँ रुपैया ऋण लिएर आफ्नो कारोबार बढाउँदै लगेका उत्तम अग्रवालले आफूसँगै आफ्नो छोराको नाम बिहारको भारतीय मतदाता नामावलीमा हालसम्म के कति कारणले राखेकोे बुझ्न सकिएको छैन।
यस बारेमा उत्तम अग्रवालसंग बुझ्न खोज्दा आफू भारतीय पनि भएको स्वीकार गर्दै छोराको नाम भारतीय मतदाता सूचीबाट हटाउन निवेदन दिसकिएको भएता पनि के कारणले हटाएनन् सो बारे बुझ्ने बताए।
वीरगंजमा बसेर द्वैध नागरिकका हैसियतले दुबै तर्फका सरकारले दिने सुबिधा उपभोग गर्ने गौरब अग्रवाल बीवाईडीमा समेत साझेदार रहेको बुझिएको छ।
















