चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०९ वैशाख ।
मुलुकको अर्थतन्त्र धरासायी भइरहेको बेला द्वैध नागरिकहरुले नेपाली नागरिकताको आडमा अर्बौं रुपैयाँ बैंकबाट ऋण लिएका छन् ।
बरैगनियाका नरेश साहले जन्मको आधारमा नेपाली नागरिकता २०६३ सालमा लिएर भारत-नेपाल दुबै देशको मतदाता नामवलीमा नाम लेखाइ दुवै तिर मत हालेर सरकार बनाइ रहेका छन् । नरेशले नेपालको विभिन्न बैंकहरुबाट १५ करोड रुपैयाँको लोन लिएका छन् ।
स्थानीय प्रहरी प्रशासन र नेताहरु लाई रिझाएर नरेशले भारतबाट नेपाल तर्फ तस्करी गर्दै आईरहेका छन् ।