Thursday, November 28, 2024
घरसमाचारअर्थवाणीएनएमबि बैंकद्वारा देशभरि हेरिटेज वाक कार्यक्रम

एनएमबि बैंकद्वारा देशभरि हेरिटेज वाक कार्यक्रम

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०३ वैशाख/
एनएमबि बैंक वीरगंज शाखाले वीरगंजमा हेरिटेज वाक कार्यत्रमको आयोजना गरेको छ ।
सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्द्धन एवं साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ सो कार्यक्रम देशभरि नै आयोजना गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंक लिमिटेडको वीरगंज आदर्शनगरस्थित कार्यालय अगाडीबाट बैंकका मधेश प्रदेशका झण्डै एक सय भन्दा बढी कर्मचाीको सहभागितामा घण्टाघर, माईस्थान गहवामाई मन्दिर हुँदै वीर्तामाई मन्दिरसम्म पुगि नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

कोभिड–१९ को प्रकोप पश्चात दुई वर्षपछि यो कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रमको नवौं श्रृंखला अन्तर्गत उक्त क्षेत्रसम्म पुगि हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

सो अवसरमा माईस्थान गहवामाई मन्दिर र विर्तामाई मन्दिरमा सरसफाईका सामाग्रीका साथै डस्टविनहरु पनि हस्तान्तरण गरिएको थियो ।

बैंकले यस्तै कार्यक्रम प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा पनि आयोजना गरेको बैंकले जनाएको छ ।

सोही क्रममा प्रदेश १ मा विराटनगर शाखा देखि पिण्डेश्वरी मन्दिर, बाग्मती प्रदेश मा बबरमहलबाट शुरु भई बसन्तपुर डवली त्यसै गरी गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि भद्रकाली मन्दिर, लुम्बिनी प्रद्रेशमा ट्राफिक चोक शाखादेखि जीतगढी किल्ला र सुदूर पश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिरहरु सरसफाई गरेको छ ।

उक्त हेरिटेज वाकमा साँस्कृतिक सम्पदालाई आफ्नो सन्तानलाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागि मार्गदर्शन, अतिथिको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना, A Nation’s Heritage resides in the Heart and soul of its People, We stand together to preserve our Heritage लगायतका नारा अंकित प्ले कार्डहरु थियो ।

एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकि· सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको “द ब्यान्कर” पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफ द ईयर एसिया २०२१” अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान “बैंक अफ द इयर नेपाल” प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकि· सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -