२०८३ बैशाख ४ गते, शुक्रबार १०:२६

‘नेपाल आमा र नेपाली सन्तानभन्दा माथि केही छैन’ भन्ने भट्टराईको आदर्श आजको राजनीति शिक्षामा अनिवार्य : पूर्व राष्ट्रपति यादव

काठमाडौँ/पूर्व राष्ट्रपति डा. रामवरण यादवले तनहुँका प्रजातान्त्रिक अग्रणी नेता स्व. तारापति भट्टराईको राजनीतिक दर्शन ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ आजको राजनीति शिक्षामा अनिवार्य बन्नुपर्ने बताएका छन्। तारापति स्मृति प्रतिष्ठानद्वारा आयोजित स्मृति ग्रन्थ लोकार्पण समारोहमा बोल्दै उनले भट्टराईको जीवन, विचार र योगदान युवा पुस्ताका लागि आदर्श पाठशालाजस्तै भएको उल्लेख गरे।

‘संसारले अभ्यास गरेका राम्रा लोकतान्त्रिक मूल्यहरू हामीले पनि अवलम्बन गरेका छौं, तर विकृति पनि भित्रिएका छन्,’ पूर्व राष्ट्रपति यादवले भने, ‘आज सकारात्मक पक्षको चर्चा भन्दा पनि नकारात्मकताले राजनीतिक बहस ओगटेको छ। त्यसैले भट्टराईजस्ता व्यक्तित्वको जीवनबाट पाठ सिक्दै निष्ठा, आदर्श र जनसेवाको राजनीति सिकाउनु अहिलेको जरुरत हो।’

कार्यक्रममा मन्त्री, सांसद, प्रदेशसभा सदस्य, स्थानीय सरकारका प्रमुख र पूर्व मन्त्रीहरूले स्व. भट्टराईको योगदानमाथि गहिरो स्मरण गरेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय सभा सदस्य पदम परियार, प्रदेशसभा सदस्य अशोक श्रेष्ठ र जितप्रकाश आले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, शुक्लागण्डकी नगरका प्रमुख कृष्णराज पण्डितलगायतले भट्टराईलाई जनताको भावना र विकासको एजेन्डालाई प्राथमिकता दिने नेताका रूपमा वर्णन गरे।

पूर्वमन्त्रीहरू अर्जुननरसिंह के.सी., शंकर भण्डारी, डा. रामचन्द्र अधिकारी, नरहरि आचार्य, संविधानसभा सदस्य रामेश्वर पाखरेललगायत वक्ताहरूले तनहुँलाई विकासको पथमा डोर्याउन भट्टराईले राखेको आधार र राजनीतिक जागरणका कार्यहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखे। स्थानीय सरकारहरूलाई भट्टराईको योगदानलाई औपचारिक अभिलेखको रूपमा संरक्षण गर्नुपर्ने सुझावसमेत दिइयो।

स्व. तारापति भट्टराईका समकालीन साथी र सहयात्रीहरूले उहाँको सामाजिक, राजनीतिक र आध्यात्मिक योगदानलाई बहुआयामिक रूपमा स्मरण गरे। जिल्लाको सदरमुकाम बन्दीपुरबाट दमौली सार्न गरेको पहल, पूर्वाधार विकासमा देखिएको सक्रियता, शिक्षा र सहादतको स्मृतिमा विद्यालय स्थापनाजस्ता कामहरूमार्फत भट्टराई जनप्रतिनिधिको रूपमा नभई जनआकांक्षाका संवाहक बनेको तस्बिर चित्रित गरियो।

विसं १९८९ साल चैत १ गते जन्मिएका भट्टराईले २००७ सालको प्रजातान्त्रिक आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा थालेका थिए। लोकतन्त्रप्रतिको प्रतिबद्धता यति बलियो थियो कि २०१७ सालमा राजा महेन्द्रको कदमविरुद्ध उभिँदा उनले कठोर जेल जीवन सहनुपर्‍यो। तर उनले राजनीतिलाई प्रतिशोधको माध्यम होइन, सेवा र रूपान्तरणको अभ्यासका रूपमा लिए।

पञ्चायत शासनकालमा समेत भट्टराईले जनहितका मुद्दामा स्पष्ट र साहसी भूमिका निर्वाह गरे। तत्कालीन राईपुर गाउँ पञ्चायतको प्रमुख हुँदै जिल्ला पञ्चायत सभापति भएका उनी तनहुँको राजनीतिक पहिचान र भविष्य निर्माणका आधार बने। सदरमुकाम सार्ने क्रममा सहादत भएका निर्मल रानाभाटको स्मृतिमा विद्यालय स्थापना गर्नु होस् या योजनाबद्ध बसोबासको अभियान — उनका हरेक काममा जनताको पीडा बुझ्ने संवेदनशीलता झल्किन्थ्यो।

२०२८ सालमा सभापति निर्वाचित भएपछि उनले प्रतिबन्धित दलका नेताहरूको संरक्षण गरे, गण्डकी अञ्चल भ्रमणमा आएका काँग्रेस नेताहरूलाई निजी निवासमा राखेर सहकार्यको साहस देखाए। आफ्नो सरकारी क्वार्टरबाट रातारात क्रान्तिकारी साहित्यहरू वितरण गर्नु, भूमिगत आन्दोलनलाई सहयोग गर्नुजस्ता कार्यले उनी व्यवस्था भित्र रहेर पनि परिवर्तनको पक्षमा उभिएका एक असाधारण नेतृत्वको परिचय दिए।

२०३६ सालको जनमत सङ्ग्रहको बेला उनले प्रजातन्त्रवादी पञ्चहरूको नेतृत्व गर्दै सामूहिक राजीनामा दिएर बहुदलको पक्षमा खुलेर अभियान चलाए। त्यसबेला उनको नेतृत्व नै तनहुँमा परिवर्तनको होस्टेमा हस्टे थियो।

स्मृति ग्रन्थमा समकालीन राजनीतिक, सामाजिक र शैक्षिक व्यक्तित्वहरूबाट तयार पारिएका ४० वटा संस्मरण र विश्लेषण समावेश छन्। प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले तारापतिजीले देखाएको मार्ग आजको राजनीतिक पुनर्जागरणका लागि सान्दर्भिक रहेको धारणा राखे।

तारापति भट्टराईका विचारहरू पुस्तकको पाना मात्रमा सीमित रहनु हुँदैन, राजनीतिक अभ्यास, नीति निर्माण र नेतृत्व प्रशिक्षणमा जिउँदो सन्देश बन्नु पर्दछ भन्ने आवाज यो समारोहमा प्रस्ट सुनियो। नेपाल आमालाई सर्वोपरि राख्ने दर्शन अब केवल स्मरणको विषय होइन, राष्ट्रिय आचरणको मेरुदण्ड बन्नुपर्ने माग आजको सन्दर्भमा अझ बलियो रूपमा प्रस्तुत भयो।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM