२०८३ जेष्ठ ५ गते, मंगलवार ००:११

२४ किलो गाँजासहित दुर्ईजना पक्राउ

वीरगंज, १४ साउन । २४ किलो गाँजासहित दुईजना पक्राउ परेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका–१२ थली टोलका अन्दाजी ४२ वर्षीय सुरज घलान र २२ वर्षीय समिर घलान रहेका छन् । निजगढ नगरपालिका वडा नम्बर ११ स्थित पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रबाट मंगलवार राति करिब ११ः३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिएका छन । प्रहरी टोलीले शंकास्पद अवस्थामा प्लास्टिकको बोरा बोकी हिंडिरहेका व्यक्तिहरूलाई चेकजाँच गर्दा चारवटा छुट्टाछुट्टै पोकामा प्याक गरिएको जम्मा २४ किलोग्राम गाँजा फेला पारेको जानकारी निरीक्षक लामिछानेले जानकारी दिएका छन। उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाईका लागि इलाका प्रहरी कार्यालय, निजगढमा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM