२०८३ असार १३ गते, शनिबार २३:४७

सांसद एकनाथ ढकालद्वारा पोप लियो चौधौंसँग भेट 

भ्याटिकन सिटी/

प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले शनिबार पोप लियो चौधौं संग भेट गरेका छन्। तिन दिने इटालीको भ्रमणमा रहेका ढकालले भ्याटिकनले अन्तर्राष्ट्रिय नेताहरूलाई हल अफ बेनेडिक्शनमा आयोजना गरेको विशेष समारोहमा भ्याटिकन सिटी राज्यका सार्वभौम पोप लियो चौधौंलाई भेट तथा अभिवादन गरे।

सांसद ढकालले पोप लियो संग केही भलाकुसारी समेत गरे। यस बिशेष समारोहमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, सभामुखहरु, अन्तर्राष्ट्रिय सांसदहरू र विभिन्न धर्मका धार्मिक नेताहरूको समेत उपस्थिति थियो। समारोहमा पोप लियो चौधौंले अन्तरधार्मिक एकता, शान्ति र भाइचाराको संदेश दिएका थिए।

साम्सद ढकाल “अन्तर-संसदीय सभामुख सम्मेलन” (आइएससी) को महासचिवको रूपमा उक्त बिशेष समारोहमा आमन्त्रित थिए। यसअघि ढकालले इटालीको संसदमा अन्तरधार्मिक संवाद सम्बन्धी आइपीयु को संसदीय सम्मेलनमा सम्बोधन समेत गरेका थिए । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समिति सदस्य हुन् र उनि नेपाल – अमेरिका संसदीय मैत्री समुहमा आबद्ध छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM