२०८३ असार २३ गते, मंगलवार ०३:४९

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

कमला नेपाल
काठमाडौं, ६ जेठ

संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरिएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नेछन्। समितिको प्रतिवेदनमार्फत देशभरका पूर्वाधार परियोजनाको प्रगति, चुनौती र सुझावबारे जानकारी गराइने अपेक्षा गरिएको छ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम पनि कार्यसूचीमा समावेश गरिएको छ।

आजको बैठकमा देशका समसामयिक विषयमा सांसदहरूको चासो र सरकारको जवाफदायित्वपूर्ण सहभागिता अपेक्षित गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM