काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।
बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासले बहसपछि उनलाई थुनामुक्त गर्न आदेश दिएपछि उनलाई थुनामुक्त गरिएको हो।
मिश्रलाई रिहा गर्नुपर्ने मागसहित उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन्।
















