राकेश गुप्ता/
सर्लाही,२६ वैशाख ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ किसनपुर स्थित बरगजवाटोलमा सलेश मुर्ति निर्माण हुने भएको छ ।
सलेश मुर्तिको शिलान्यास आज पुर्व प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रमोद साहले गर्नुभयो । शिलान्यास पश्चात् केन्द्रीय सदस्य साहले नगद रु ११ हजार मुर्ति निर्माण गर्न सहयोग गर्नुभएको छ ।
त्यस्तै शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं १ का वडा अध्यक्ष रामेश्वर महतोले मन्दिर संरक्षण गर्न कम्पाउण्ड बाल आफुले निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जय श्लेष बाबा संरक्षण समितिले वडा नं १ भरीनै चन्दा संकलन गरेर ५ लाखको लागतमा मुर्ति निर्माण गर्न लागेको हो ।
दुसाध अर्थात पासवान समुदाय बाट अहिले सम्म ६० हजार नगद संकलन गरेर मुर्ति निर्माण कार्य सुरु गरिएको जय श्लेष बाबा संरक्षण समितिका अध्यक्ष दरोगा पासवानले जानकारी दिनुभयो ।
पासवान समुदायको कुल देवता श्लेष बाबाको सरकारी स्तरबाट मन्दिर निर्माण भए पनि मुर्ति बनाउन कुनै निकायले सहयोग नगरेपछि पासवान लगायत अन्य समुदाय बाट पनि चन्दा संकलन गरिएको अध्यक्ष पासवानले जानकारी दिनुभयो ।
आज शिलान्यास कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो,जग्गा दाता लखिन्द्र मुखिया, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सोनेलाल साह, राप्रपाका जिल्ला अध्यक्ष सत्यनारायण राय, समाजवादी पार्टीका नेता भरत साह लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
















