२०८३ बैशाख २६ गते, शनिबार १७:०८

शौचालयमा चिप्लिएर माओवादी अध्यक्ष प्रचण्ड घाइते

काठमाडौं/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा चिप्लिएर लड्दा सामान्य घाइते भएका छन्। खुमलटारस्थित निजी निवासमा राति घटना भएको हो।

प्राप्त जानकारीअनुसार उनलाई टाउको र निधारमा सामान्य चोट लागेपछि उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। चिकित्सकहरूले प्राथमिक उपचारस्वरूप टाँका लगाएका छन् भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

यस घटनापछि चिकित्सकीय निगरानीमा राखिए पनि गम्भीर समस्या नरहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM