२०८३ बैशाख २० गते, आईतवार ०३:४७

उर्जा राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली

काठमाडौँ, २१ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गर्नुभएको छ ।

राज्यमन्त्री खर्बुजाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट सपथग्रहण गरेपछि सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको हो ।

राज्य मन्त्री गर्बुजालाई मन्त्रालयमा स्वागत गर्नु हुँदै मन्त्री दिपक खड्का

पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले देश र जनताका पक्षमा काम गर्ने बताउनुभयो । उहाँले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM