२०८२ माघ २३ गते, शुक्रबार १९:२२

बारा नाकाबाट विषाक्त माछा तस्करी: सशस्त्रको छड्के जाँचमा पिकअपसहित बरामद

बारा/भारतको आन्ध्र प्रदेशबाट आयात गरिने फर्मालिनयुक्त विषाक्त माछा तस्करीमार्फत नेपाल भित्रिने गरेको खुलासा भएको छ। पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाहरूमा तस्करीको गतिविधि तीव्र बनेसँगै स्थानीय माछापालक किसानहरू आर्थिक रूपमा मारमा परेका छन्, भने नेपाली उपभोक्ताहरू स्वास्थ्य जोखिममा छन्। सीमा क्षेत्रका सुरक्षाकर्मीहरूसँगको मिलेमतोका कारण यो समस्या झन् जटिल बन्दै गएको स्थानीयवासीको आरोप छ।

बारा जिल्लाका विभिन्न सीमाक्षेत्रबाट अवैध रूपमा माछा भित्र्याइँदै आएको गुनासो बढेपछि सशस्त्र प्रहरी बल नेपाल नं. १२ हेक्वा, बाराका प्रमुख एसपी नेतृत्वको टोलीले छड्के जाँच गरेको थियो। सोही क्रममा भारतबाट तस्करी गरी नेपाल भित्र्याइँदै गरेको माछा लोड गरिएको पिकअप बरामद भएको छ।

प्राप्त जानकारीअनुसार, छौडादानो (भारत) हुँदै हनुमाननगर र बाराको सिम्रौनगढ नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा पिकअपलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद उक्त माछा कुनै परीक्षण नगरिएको तथा भन्सार नबुझाई ल्याइएको थियो।

तर, तस्करहरूले कृत्रिम कागजात तयार पारेर पिकअप र माछा छुटाउन सुरक्षा निकायमा दबाब दिने प्रयास गरिरहेका छन्। सीमाक्षेत्रमा यस्ता अवैध गतिविधिहरू प्रहरीको मिलेमतोमा भइरहेको गुनासो रहँदै आएको छ।

नेपालमा पछिल्लो समय भारतबाट सस्तो मूल्यमा माछा आयातको नाममा तस्करी बढेसँगै स्थानीय उत्पादन प्रभावित भएको छ, भने नेपाली उपभोक्ता विषाक्त माछा खान बाध्य भएका छन्। यस्तो अवस्थामा सुरक्षा निकायले तस्करी नियन्त्रणमा अझ कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM