२०८३ जेष्ठ ३० गते, शनिबार २१:५२

‘पावर हंगामा २०२४’का विजेतालाई कारदेखि सुनको सिक्कासम्म पुरस्कार वितरण

काठमाडौँ । सेलुसिटी इन्टरनेशनल प्रालिले सञ्चालन गरेको ‘पावर हंगामा २०२४’ अभियानका विजेताहरूलाई एक विशेष समारोहबीच पुरस्कार वितरण गरेको छ।

काठमाडौँस्थित एक बुटिक होटलमा आयोजित कार्यक्रममा देशभरका खुद्रा विक्रेता, आधिकारिक वितरक, सरोकारवाला तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागितामा भाग्यशाली विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अभियान अवधिभर एंकर र साउन्डकोरका आधिकारिक उत्पादन खरिद गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत विजेताहरू छनोट गरिएको थियो। सोही क्रममा एक जना विजेताले बम्पर उपहारस्वरूप चारपाङ्ग्रे डोडफेड बक्स कार प्राप्त गरेका छन्। यस्तै, दुई जना विजेतालाई रोयल इन्फिल्ड ३५० सीसी बुलेट मोटरसाइकल, दुई जनालाई विदेश भ्रमण प्याकेज, दुई जनालाई वासिङ मेसिन तथा तीन जना विजेतालाई सुनको सिक्का प्रदान गरिएको कम्पनीले जनाएको छ।

उपभोक्तालाई उच्च गुणस्तरीय उत्पादनसँगै विशेष अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त योजना दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरण सन् २०२३ डिसेम्बर १ देखि २०२४ जनवरी ३१ सम्म र दोस्रो चरण सन् २०२४ मार्च १ देखि अप्रिल ३० सम्म सञ्चालन गरिएको थियो। अभियान अवधिभर एंकर र साउन्डकोरका आधिकारिक उत्पादन खरिद गरी ग्राहकहरूले उत्साहजनक सहभागिता जनाएको कम्पनीको दाबी छ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सेलुसिटी इन्टरनेशनल प्रालिका निर्देशकले अभियानको सफलतामा साथ र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरे। ग्राहकहरूको विश्वास, समर्थन र मायाले अभियानलाई उल्लेखनीय सफलता दिलाएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नेपाली बजारमा विश्वस्तरीय तथा गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादन उपलब्ध गराउनुका साथै यस्ता आकर्षक ग्राहकमुखी योजना सञ्चालन गरिरहने प्रतिबद्धता व्यक्त गरे।

प्रिमियम चार्जिङ एक्सेसोरिज, पावर बैंक तथा अत्याधुनिक अडियो उत्पादनका लागि परिचित एंकर र साउन्डकोर नेपाली बजारमा लोकप्रिय ब्रान्डका रूपमा स्थापित हुँदै आएका छन्। ग्राहक केन्द्रित अभियानमार्फत कम्पनीले बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै लगेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM