२०८३ बैशाख ४ गते, शुक्रबार १९:५६

सप्तरीमा बाघको आक्रमणबाट तीन जना घाइते




सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुर (खोरियाटोल) मा सोमबार बिहान बाघको आक्रमणबाट ३ जना घाइते भएका छन्। स्थानीय ६० वर्षीय गणेश खत्री, ५० वर्षीय कृष्ण विष्ट, र रिजना गोसाइ बाघको आक्रमणबाट घाइते भएका हुन्।

आक्रमण पछि, कृष्ण विष्ट र रिजना गोसाइलाई थप उपचारका लागि बिराटनगर लगिएको छ भने गणेश खत्रीको उपचार फत्तेपुर मोडल अस्पतालमा भइरहेको जानकारी फत्तेपुर प्रहरी चौकीका प्रमुख पन्नलाल चौधरीले दिनुभएकाे छ।

स्थानीयले बताए अनुसार, बाघ फर्निचर उद्योगमा पसेको थियो। प्रहरी चौकीको टोली बाघ नियन्त्रणमा लिन खटिएको छ। कोशी टप्पु वन्य जन्तु आरक्षसँग समन्वय गर्दै बाघलाई नियन्त्रण गर्न प्रयास भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले जानकारी दिनुभयाे ।

प्रहरीको अनुमान अनुसार, उक्त बाघ कोशी टप्पु क्षेत्रबाट आएको हो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM