२०८३ बैशाख ७ गते, सोमबार १४:१२

शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्छ : महासचिव पोखरेल




चन्द्रौटा (कपिलवस्तु) । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पछिल्लो समयको शिक्षाको पाठ्यक्रम परिमार्जनको आवश्यकता रहेको बताउनुभएको छ । 

कपिलवस्तुको विजयनगर गाउँपालिका–१, गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले नेपालको शिक्षालाई व्यवहारिक र व्यावसायिक बनाउनुपर्ने बताउनुभयो । 

उहाँले शिक्षा प्रणालीलाई साधारणबाट व्यावसायिक बनाउनुपर्ने पोखरेलले बताउनुभयो । “युवाहरूलाई आत्मनिर्भर बनाउन व्यावसायिक शिक्षा नै प्रमुख उपाय हो”, उहाँले भन्नुभयो, “त्यसैले अब हाम्रो ध्यान व्यवहारिक सीप सिकाउने शिक्षामा जानुपर्छ ।” 

शिक्षालाई नवीनतम प्रविधिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले कपिलवस्तु शिक्षाको दृष्टिले केही पछाडि रहे पनि अहिले सबै पक्षबाट सुधार भइरहेको बताउनुभयो ।

मुलुक विकास र समृद्धिको यात्रामा अघि बढिसकेको उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले निरन्तर सकारात्मक सोच राखेर लाग्नुपर्ने बताउनुभयो । 

पूर्व मुख्यमन्त्री समेत रहनुभएका महासचिव पोखरेलले आफ्नो कार्यकालमा कपिलवस्तु जिल्लाका विभिन्न पूर्वाधार योजनाहरू अघि बढाएको बताउनुभयो । उहाँले हुलाकी मार्ग, चन्द्रौटा–कृष्णनगर सडक, बुटवल–गोरुसिङ्गे सडक लगायतका विकास आयोजनाहरूमा आफूले विशेष पहल गरेको बताउनुभयो ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM