२०८३ असार ६ गते, शनिबार २०:३२

लागु औषधसहित २३ जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागू औषधसहित २३ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाबाट पाँच, झापा, सप्तरी र कैलालीबाट तीन/तीन, इलाम र धनुषाबाट दुई/दुई, मोरङ, उदयपुर, काठमाडौँ र सुनसरीबाट एक/एक जना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट लागू औषध खैरो हेरोइन र गाँजा बरामद गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM