२०८३ बैशाख २१ गते, सोमबार ०५:००

रौतहटको मौलापुरमा गुप्तकालीन मन्दिर फेला

रौतहट/ जिल्लाको मौलापुर नगरपालिका पतौरामा गुप्तकालीन ऐतिहासिक मन्दिर फेला परेको छ। यसअघि पनि पतौरामा कर्नाटककालको शिवमन्दिरको अवशेष भेटिएको थियो, जहाँ प्रत्येक वर्ष महाशिवरात्रिमा मेला लाग्ने गरेको छ।

नगरपालिकाका मेयर रिनाकुमारी साहका अनुसार पुरातात्विक विभागको उत्खननका क्रममा गुप्तकालीन मन्दिर फेला परेको हो। उनले उत्खननको क्रममा भेटिएका पुरातात्विक वस्तुहरूको संरक्षण र सार्वजनिक गरिनुपर्ने माग गर्दै, सरकारको ध्यानाकर्षण गराएकी छिन्।

यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयासस्वरूप नगरपालिकाले प्रत्येक वर्ष मधानी महायज्ञ आयोजना गर्दै आएको छ। यस वर्ष महायज्ञ ११ फागुनदेखि सुरु हुँदैछ, जसअन्तर्गत १२ गते शिव बारात, १३ गते विशेष पूजा, १४ गते सांस्कृतिक कार्यक्रम, र १५ गते दंगल आयोजना हुनेछ।

मेयर साहले पतौराको पुरातात्विक महत्वलाई उजागर गर्न निरन्तर पहल भइरहेको बताउँदै, सरकारले यस क्षेत्रको संरक्षण र प्रवद्र्धनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM