२०८३ असार २४ गते, बुधबार २०:४४

लागूऔषध अफिमसहित एक जना पक्राउ

बारा, २१ माघ – प्रहरीले विशेष सूचनाका आधारमा लागूऔषध अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

मिति २०८१ माघ २० गते बेलुका करिब ४ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज, पर्सा र इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका-२, सिमरा चोकस्थित वीरगञ्ज–पथलैया सडकखण्डको पश्चिमतर्फको फुटपाथबाट एक व्यक्तिलाई अफिमसहित पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्ति मकवानपुर, कैलाश गाउँपालिका-२, बैकुण्ठ बस्ने करिब ४५ वर्षीय भीमलाल मोक्तान रहेको प्रहरीले जनाएको छ। मोक्तानले खैरो झोलाभित्र लुकाइछिपाई लागूऔषध अफिम बोकेर हिँडिरहेको अवस्थामा फेला परेको र उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM