२०८२ चैत्र १ गते, आईतवार ०८:१५

महिला फुटबलको शक्ति एपीएफ

१६ माघ, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले महिला फुटबलमा आफ्नो शक्तिलाई फेरि एकपटक प्रमाणित गर्दै एन्फा महिला लिगको उपाधि जितेको छ ।

सिंगल लिग, डबल राउण्डको सुपर लिग हुँदै प्लेअफ अनि फाइनल समावेश गरेर खेलाइएको महिला लिगमा एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो ।

महिला फुटबलको लिग संरचना नेपालमा कहिल्यै स्थिर नै छैन । बढुवा, घटुवाको व्यवस्था त परै जाओस महिला लिग प्रत्येक वर्ष एउटै संरचनामा समेत हुँदैछ ।

कहिले नकआउट जस्तो, कहिले डबल राउण्ड रोविन लिग, कहिले सिंगल लिग, कहिले एकै लिगमा ३ चरणमा फरक-फरक सिस्टम गरेर महिला फुटबल आयोजना भइरहेको छ । अनि त्यसमा पनि हरेक वर्षको लिग कुन क्लबले खेल्ने, क्लबको मापदण्ड के हुने भन्ने पनि टुङ्गो हुँदैन ।

आखिर जस्तो किसिमको लिग आयोजना भएपनि, जस्तो प्रयोग भएपनि, जुन क्लब वा नगरपालिका वा प्रदेश टिम सहभागी भएपनि अन्तिममा जित्ने एपीएफले नै हो भने जस्तो बनिसकेको छ ।

असली अर्थमा भन्दा एपीएफ महिला फुटबलको शक्ति हो र ‘ट्र्यू च्याम्पियन’ नै हो । महिला लिगको बुधबार दशरथ रंगशालमा भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्दै एपीएफ फेरि च्याम्पियन बनेको हो ।

एपीएफले यसअघि पनि विभिन्न फर्म्याटमा भएको लिग लगातार तीन पटक जितेको थियो र अहिले लगातार चौथो पटक जितेको हो ।

एपीएफले पुलिससँगै गोलरहित बराबरी खेल्दै महिला लिगको यात्रा सुरु गरेको थियो । त्यसपछि लगातार १८ खेल जित्दा एपीएफले अन्तिम खेलमा त्यही पुलिसविरूद्ध सहज जित निकालेको हो ।

यस पटक लिगमा कूल १९ खेल खेल्दा एपीएफले एक खेल छाडेर सबै खेल जित्यो । पहिलो चरणमा ९ मध्ये ८ खेल जितेर एक खेल बराबरी खेलेको एपीएफले सुपर लिगमा सबै ८ खेल जित्यो । अनी क्वालिफायर वान र फाइनल पनि जित्यो ।

पहिलो पटक लिगमा प्रशिक्षक बनेका एपीएफका मुख्य प्रशिक्षक जिवेश पाण्डेले अपराजित भएर च्याम्पियन हुँदा खुशी व्यक्त गरे । ‘च्याम्पियन हुँदा खुशी लाग्छ नै । यो लिगमा पनि एउटा म्याच ड्र भयौ, अरु सबै खेलमा नतिजा ल्याएर नै जित्यौं’ पाण्डेले लिग जितेपछि भने, ‘सबैले राम्रो फुटबल खेल्यो । त्यसले गर्दा राम्रो भयो।’ प्रशिक्षक पाण्डेले यो जित आफ्नो टिम, संगठन, आफ्नो परिवार, खेलाडी सबैलाई समर्पित गर्ने बताए ।

एन्फाले हरेक पटक फरक फर्म्याटमा लिग आयोजना गरेकोले आधिकारिक रुपमा तथ्यांक उपलब्ध छैन । तर एउटा सत्य के हो भने झण्डै पछिल्लो एक दशक एपीएफको महिला टोली घरेलु फुटबलमा हावी बनिरहेको छ र त्यसमा आयोजना भएका लिगको उपाधि एपीएफले नै जितेको छ । एपीएफका प्रशिक्षक पाण्डेले पनि लामो समयदेखि एपीएफ टिम अपराजित नै रहेको बताए ।

एपीएफकी पूर्व कप्तान समेत रहेकी अनु लामाले २०६९ मा धनगढीमा भएको महिला लिगमा फाइनलमा पराजित भएयता एपीएफ अपराजित रहेको बताइन् । पछिल्ला चार लिग अपराजित रहँदै च्याम्पियन बनेको एपीएफ लिगमा ४३ खेलसम्म अपराजित छ ।

सन् २०१७-१८ मा भएको महिला लिगमा एपीएफले पुलिसलाई हराएर च्याम्पियन बनेको थियो । नकआउट फर्म्याटमा भएको त्यस प्रतियोगितामा क्षेत्रिय टिम ५ र ३ विभागी गरी १० टोलीको सहभागिता थियो । जहाँ एपीएफले समूह चरणमा ३ तथा सेमिफाइनल र फाइनल गरी ५ खेल जितेको थियो । त्यसपछि भूकम्पका कारण लिग हुन सकेन र एकै पटक २०२१  मा लिग भयो । ७ टिम सहभागि डबल राउण्ड रोविनका आधारमा भएको त्यस लिगमा एपीएफले सबै १२ खेल जितेर अपराजित रहँदै च्याम्पियन बन्यो । त्यसपछि पछिल्लो पटक सन् २०२२ मा ८ टोली सहभागि डबल लिग नै सुरु भयो । तर पहिलो चरण पछि  स्थगित भएको लिगको दोस्रो चरण सुरु हुन सकेन र पहिलो चरणकै नतिजाका आधारमा एपीएफलाई विजेता घोषित गरिएको थियो ।  जहाँ एपीएफले पहिलो चरणमा खेलेको ७ वटै खेल जितेको थियो ।

फाइनलमा पराजित भएपनि पुलिसका प्रशिक्षक भोलानाथ सिलवालले आफ्नो टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । एपीएफ जस्तो बलियो टिम विरूद्ध पहिलो हाफमा राम्रो खेलेको र दोस्रो हाफमा थकानले गर्दा खेलाडीले राम्रो खेल्न नसकेको उनले बताए । टिममा फरवार्डको कमी महसुस भएको उनले बताए । पुलिसकी फरवार्ड रेखा पौडेल लिग खेल्न यूएईमा छन् भने दिपा न्यौपाने घाइते भएकोले आराममा छिन् ।

यसै खेलपछि राष्ट्रिय टिम र एपीएफका पूर्वकप्तान तथा लेजेण्ड अनु लामाले पनि आफ्नो खेलाडी करियर अन्त्य गर्दै बुट थन्क्याइन् । यसअघि नै राष्ट्रिय टिमबाट सन्यास लिएकी उनले अब घरेलु फुटबल पनि नखेल्ने निर्णय लिइन् । त्यसमा पनि अन्तिम खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै अन्तिम समयमा गोल गर्दै ट्रफी उचाल्नुको मज्जा नै बेग्लै थियो ।

व्यक्तिगतर्फ पनि एपीएफकै वर्चस्व

एपीएफको पहिलो रोजाइमा राष्ट्रिय टिममा ८ खेलाडी एक साथ खेलेका थिए । सेट टिमकै एन्जिला र साबित्रा नहुँदा पनि एपीएफको टिम राष्ट्रिय टिम जस्तै थियो । अधिकांशले राष्ट्रिय टिमको पहिलो रोजाइमै खेल्दै आएका छन् ।

मैदानमा एपीएफले विपक्षीमाथि डोमिनेट गर्दा च्याम्पियन एपीएफले व्यक्तिगत विधाको अवार्डमा वर्चस्व जमायो । एन्फाले प्रदान गरेको मोस्ट भ्यालुएबल प्लेअर, बेस्ट गोलकिप र रहाइएस्ट स्कोरर सबैको अवार्ड एपीएफले क्लिन स्पीप नै गर्‍यो ।

एपीएफकी मिडफिल्डर सविता राना मगर लिगको मोस्ट भ्यालुयबल प्लेअर (एमभीपी) बनिन् । उनले एमभीपी अवार्डसँगै नगर १ लाख प्राप्त गरिन् । सविताले एमभीपीए अवार्ड पाएपछि आफूले अवार्ड पाउने नसोचेको बताइन् । साथै उनले आफ्नो यो सुरुवात भएको उत्कृष्ट खेल अझै आउन बाँकी रहेको बताइन् ।

यस्तै एपीएफकै फरवार्ड रश्मी घिसिङले सर्वाधिक ३५ गोल गर्दै हाइएस्ट स्कोररको अवार्ड र नगद ५० हजार पाइन् । राष्ट्रिय टिमकै लागि सर्वाधिक गोलको कीर्तिमान बनाएकी एपीएफबाट खेल्ने फरवार्ड सावित्रा भण्डारी साम्बा नहुँदा एपीएफको स्कोरिङ जिम्मा रश्मीले नै पाएकी थिइन् । त्यसमा उनले न्याय गर्दै सर्वाधिक गोल गरिन् । टिमले आफूलाई विश्वास गर्दा सर्वाधिक गोल गर्न सफल भएको उनले बताइन् ।

एपीएफकी युवा गोलकिपर सावित्री किसनले बेस्ट गोलकिपर बन्दै अवार्ड र नगद ५० हजार नै प्राप्त गरिन् । सावित्रिले पनि बेस्ट गोलकिपर अवार्ड पाउँछु भनेर नसोचेको र पहिलो लिगमै यो अवार्ड पाउँदा यसले मोटिभेट गर्न र भविष्यमा अझ राम्रो प्रदर्शन गर्ने बताइन् ।

नियमित गोलकिपर तथा राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा युरोपियन लिग खेल्ने भएपछि लिगमा अनुपस्थित हुँदा एपीएफको पोष्ट सम्हालेकी सावित्रिले पहिलो पटक शीर्ष लिगमा बेस्ट गोलकिपरको अवार्ड पाएकी हुन् ।

१९ खेलमा एपीएफको नतिजा

एपीएफले आफ्नो पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेल्दै लिग सुरु गरेपनि त्यसयता लगातार १८ वटै खेल जित्यो । त्यसमा एपीएफले दुवै विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबसँग समान ४ खेल खेल्यो । त्यसबाहेक बागमती युथ क्लब र वालिङ नगरपालिकासँग एपीएफले ३-३ खेल जित्यो ।

सुपर लिगमा एपीएफले उत्कृष्ट प्रदर्शन गर्दै सबै ८ खेल जित्यो । डबल लिगको सुपर लिगमा शीर्ष स्थानमा रहेको एपीएफले क्वालिफायर वानमा आर्मीलाई हराएर सिधै फाइनलमा प्रवेश गरेको हो ।

एपीएफले पहिलो चरणको सिंगल लिगमा ९ खेलमा कूल ५३ गोल गर्दा २ गोल मात्र व्यहवरेको थियो । यस्तै सुपर लिग र प्लेअफ गरी १० खेल खेल्दा एपीएफले ४९ गोल गर्‍यो भने ४ गोल व्यहोरेको थियो । समग्रमा एपीएफ यस लिगमा १९ खेलमा १०२ गोल गर्दा जम्मा ६ गोल मात्र व्यहोर्‍यो ।

एपीएफ ०-० पुलिस
एपीएफ २-१ आर्मी
चन्द्रपुर नगरपालिका ०-६ एपीएफ
वालिङ नगरपालिका १-२ एपीएफ
कर्णाली प्रदेश ०-६ एपीएफ
संकटा ०-३ एपीएफ
एपीएफ ८-० कोशी प्रदेश
एपीएफ १९-० सुदूरपश्चिम प्रदेश
एपीएफ ७-० बागमती युथ क्लब

सुपर लिग
एपीएफ ५-१ बागमती
एपीएफ ९-० वालिङ
एपीएफ ६-० पुलिस
एपीएफ ३-१ आर्मी
बागमती ०-६ एपीएफ
वालिङ ०-१० एपीएफ
पुलिस ०-२ एपीएफ
आर्मी १-२ एपीएफ

क्वालिफायर वान
एपीएफ २-१ आर्मी

फाइनल
एपीएफ ४-० पुलिस

एपीएफको गोलकर्ता
रश्मी कुमारी घिसिङ : ३५ गोल
सबिता राना मगर : ११
सरु लिम्बु : ११
अनिता केसी : ९ गोल
अनिता बस्नेत : ९ गोल
प्रिती राई : ७ गोल
रेन्का नगरकोटे : ५ गोल
गीता राना : ५ गोल

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM