२०८३ जेष्ठ १७ गते, आईतवार १९:४७

मत्स्य अनुसन्धान केन्द्रको ‘बहुमूल्य मोती‘ खेती सम्बन्धि तालिम सम्पन्न

पोखरा । मत्स्य अनुसन्धान केन्द्र पोखरा, बेगनास कास्कीले उन्नत मत्स्य प्रविधि (सिपिमा मोतिपालन, एजोला) सम्बन्धि चार दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाले विभिन्न जिल्लाका एक दर्जन भन्दा बढी परियोजना अन्त्रगतका अधिकृत/सहायक स्तर कर्मचारीहरूलाई मत्स्य अनुसन्धान केन्द्र पोखरा बेगनासताल कास्कीमा क्षमता अभिवृद्धि तालिम दिएको हो ।

मत्स्य अनुसन्धान केन्द्र पोखराका डा. मोहम्मद ईकवाल हुसेनले प्रशिक्षण दिँदै तालिममा सैद्धान्तिक पक्ष भन्दा नि प्रयोगात्मक पक्षलाई बढी जोड दिएको बताउँदै मोती खेतीका लागि आवश्यक कच्चा पदार्थ पोखरीमा पाईने तथा पोखरीमा नै त्यसको खेती गर्न सकिने प्रशिक्षक हुसेनको भनाई छ । उनले पोखरा भन्ने बित्तिकै तालै–तालको शहर र पर्यटकीय शहरका रुपमा परिचित छ । उनले गरेको अध्ययनले अब सिपि खेती गरेर आम्दानी बढाउन सकिने पुष्टि भएको छ ।

डा. मोहम्बद इकबाल हुसेनका अनुसार सिपि एक प्रकारको पानीमा पाइने जीव हो । जसले मोती उत्पादन गर्छ । माछासँगै मोती उत्पादन गर्ने सिपिको पनि खेती गर्न सकिने भएको छ  । मोती एक प्राकृतिक मणि (रत्न) हो, जुन जीवित प्राणी सिपिले उत्पादन गर्छ । अब सिपिको व्यावसायिक खेती गर्न सकिने यसका अनुसन्धानकर्ताले बताएका छन् । मोती सजावट र गहनाको रुपमा प्रयोग गरिन्छ । विभिन्न रोग निको पार्ने औषधिको रुपमा पनि मोती प्रयोग गर्ने हुँदा यो महँगो पर्ने,  उत्पादन स्वदेशमै सम्भव’ भएकाले अव पोखरा आउने जो कोहीले मोतीबाट बनेका विभिन्न किसिमका धातु, गरगहना, र मायाको चिनोको रुपमा प्रयोग गर्न सक्दछन् ।

नेपालमा मोती खेती गर्ने प्रविधिको अभाव भए पनि यसको अनुसन्धानको पहल भने भई नै रहेको थियो । त्यही अनुसन्धान गर्ने क्रममा सफा जलाशयमा मोतीपालनको सम्भावनाको खोजको लागी मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक हुसेनले नेतृत्वमा एक दशक देखि बेगनास र आसपासका क्षेत्रमा  अध्ययन भइरहेको समेत बताउनुभयो ।

उहाँका अनुसार सिपिबाट मोती उत्पादनका लागि सिपिको आवरणभित्र इमेजको स्वरूप राखिदिनुपर्छ, त्यही स्वरूपमा सिपिले मोती भर्ने काम गर्छ ।  ‘जस्तो स्वरूपको मोती चाहिएको हो, त्यही अनुसारको स्वरूप सिपिको आवरणभित्र राखिदिनुपर्छ । त्यसपछि एकदेखि डेढ वर्षको अवधिमा सिपिले त्यहाँ मोती भर्ने काम गर्छ,’ उहाँले भन्नुभयो, ‘स्वरूप अनुसार मोती भरिदिने काम गर्छ ।’ 

सोही अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख माधव लम्सालले  सिपिमा मोतिपालनको अनुसन्धानको सफलताले सरकार र निजी क्षेत्रका लागि लगानी र विकासको लागि बाटो खुलेको बताउनुभयो । ‘नेपालको तराईदेखि मध्य पहाडी क्षेत्रसम्मका पोखरी, ताल, खोला, जलाशय, आदिमा सिपिमा मोती पालन गर्न सकिने पुष्टि भएको छ,’ उहाँले भन्नुभयो, ‘यसले अतिरिक्त आम्दानीका साथ माछा उत्पादक किसानको जीवनस्तरमा सुधार गर्नेछ ।   पालनमा सजिलो विधि र कम मेहनतले पनि खेती गर्न सकिने भएकोले आगामी दिनमा अझ यस्ता खालका क्षमता अभिवृद्धि तालिम दिने परियोजनाका प्रमुखको भनाइ रहेको छ ।

कार्यक्रममा परियोजना कार्यान्वयन एकाइ धनुषाका अध्यक्ष एवं पूर्व विज्ञ विष्णुदेव यादव,   कार्यक्रमका  संयोजक ना.प्रा.स. अजयकुमार शर्मा र प्रशिक्षणमा सहभागीहरू राहुलदेव शाही लगायतले कार्यक्रम अत्यन्तै सफल र प्रभावकारी रहेको बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM