२०८३ असार १९ गते, शुक्रबार १८:४०

ट्याक्टर दुर्घटना हुँदा बाँकेमा एक जनाको मृत्यु

बाँके । बाँकेको जानकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साझा जानकी–३ इन्दरपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ट्याक्टर दुर्घटनामा परेर नेपालगञ्ज–१६ जैसपुरका अन्दाजी ३४ वर्षीय रफिक अन्सारीको मृत्यु भएको हो । अन्सारी ट्याक्टरमा मजदुरी गर्दै आउनु भएको थियो । घाइते ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । 

नेपालगन्ज देखि करमोहना तर्फ जाँदै गरेको  भे १ त ९८२६ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनु भयो । उहाँका अनुसार ट्याक्टरले सरिया लोड गरेर करमोहना जाने क्रममा अनियन्त्रित हुँदा दुर्घटना भएको हो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

Live

Listen Live FM