Monday, January 13, 2025
घरसमाचारभारतका आभनिष र डेसियल बुद्धिचाल खेलमा अगाडि

भारतका आभनिष र डेसियल बुद्धिचाल खेलमा अगाडि

२८ पुस, काठमाडौं । पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कूलको आयोजनामा सञ्चालन भइरहेको नेपाल तथा भारत सिक्किमका विद्यार्थी सम्मिलित यू११, यू१३ र यू१५ अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन पाँच चरणका खेलहरू सम्पन्न भएका छन्।

काठमाडौंको कीर्तिपुरस्थित पुष्पसदन विद्यालयको प्राङ्गणमा छात्रातर्फ यु १५ समूह अन्तर्गत सिक्किम चेस एशोसियशन, भारतबाट प्रतिस्पर्धा गरिरहेका आभानिष प्रधानले उत्कृष्ट खेल प्रदर्शन गरी शतप्रतिशत जित दर्ता गर्न सफल भएका छन्।

भारतका आभनिष प्रधानले ५ अंक जोड्ने क्रममा क्रमश: आयन्स पौडेल, रेन्बो एकेडेमीका आर्यन पुन, गुरुकुलका स्पर्श सरावगी, बज्र एकेडेमीका विभष जोशी र त्रियोग हाई स्कूलका सइस घिमिरेलाई पराजित गरेका छन्।

छात्रातर्फको यू१५ प्रतिस्पर्धामा भारतका डेसियल ओङ्गमु भुटियाले ४.५ अंक जोडेर एकल अग्रता कायम गरेकी छन्। उनले चौथो चरणको एकमात्र खेल हिमालयन चेस एकेडेमीका प्रज्ञा पन्तसँग बराबरी गरेकी थिइन् भने बाँकी ४ जना प्रतिस्पर्धीलाई हराउन सफल भएकी छन्।

यसै समूहमा आयोजक पुष्पसदनका शिवानी रिजाल र सबनम रिजालले समान ४ अंक बनाउदै संयुक्त रूपमा दोस्रो स्थानमा उभिन सफल भएका छन्।

प्रतियोगितामा १३ वर्ष उमेर समूहको छात्रतर्फ पाठशाला स्कूलका ओस्कार पन्थीले ५ अंक जोडेर एकल अग्रता कायम गरेका छन् । पेभेलियन चेस एकेडेमीका उत्पादक ओस्कारले क्रमश: हिल टाउन स्कूलका ओरने महर्जन, हिमालयनका आयन जोशी, जेनिश गुरुङ्ग र ज्ञानोदय बालबाटिकाका प्रविर केसीमाथि जित दर्ता गरे। दोस्रो भएका भारतीय निरभ ढकालले ४.५ अंक बनाएर छैटौं चरणमा पन्थीसँग भेट पक्का गरेका छन्।

यसै समूहको छात्रातर्फ बिएन एकेडेमीका विविशा तामाङ्गले पूर्ण ५ अंक बनाएर अग्रता कायम गर्न सफल भएकी छिन्। उनलाई भारतका मानस्वी आचार्य र मार्भेलस इङ्लिस स्कूलका कृति रिजालले समान ४ अंक बनाउँदै पछ्याइरहेकी छन्।

यसैगरी यू११ छात्र तर्फ सूर्योदय स्कूलका अग्रिम शैंजुले सबै खेल आफ्नो पक्षमा पार्दै समूहमा अग्रता बनाउन सफल भएका छन्। पेभेलियन चेस एकेडेमीका उत्पादक अग्रिमलाई पछ्याउने क्रममा ग्रीनल्याण्ड स्कूलका सुलभ पन्थि र गोल्डेन पिक स्कूलका आयुष शर्माले समान ४.५ अंक जोडेर दोस्रो स्थानमा उभिएका छन्।

यता यू११ छात्रा समूहमा मार्भलस इङलिस स्कूलका निहाना श्रेष्ठले सबै खेल जितेर ५ अंकका साथ एकल अग्रता हासिल गर्न सफल भएकी छन्। हिमालयन चेस एकेडेमीको उत्पादक निहानाले क्रमश: रुबेर्सि चौलागाईं, नयुमा मगर, प्रशंसा चौधरी, ओजस्वी श्रेष्ठ र भारतका पालक अग्रवालमाथि जित प्राप्त गरेकी छन्।

यसै समूहमा अन्नपूर्ण स्कूलका ओजस्वी श्रेष्ठ, मार्भलसका सुहानी सिंह र सिक्किमका पालक अग्रवाल समान ४ अंकमा रहदै संयुक्त दोस्रो स्थानमा छन्।

बाँकी २ चरणका खेलहरू भोलि हुनेछन्।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -