२०८३ असार १९ गते, शुक्रबार १८:४२

शैक्षिक क्यालेन्डरविपरीत स्नातकमा विद्यार्थी भर्ना नगर्न त्रिविको निर्देशन

२८ पुस, काठमडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर विपरीत स्नातकमा विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्क केसीले डिन कार्यालयहरूलाई समय सकिएपछि विद्यार्थी भर्ना नगर्न दिर्नेशन दिएका हुन् ।

‘शैक्षिक क्यालेन्डर बमोजिम तोकिएको समयमा भर्ना भएका विद्यार्थीको मात्र परीक्षामा संलग्न हुन पाउने क्यालेन्डरमा समेत व्यवस्था रहेकोले भर्नाका लागि तोकिएको मितिभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्ने बुझिन आएकोले शैक्षिक क्यालेन्डर र भर्नासम्बन्धी सूचनामा उल्लेखित मितिभन्दा बाहिर गई कुनै पनि विद्यार्थी भर्ना नगर्न नगराउनु हुन सम्बन्धित क्याम्पसलाई सूचित गराउनु हुन अनुरोध छ,’ निर्देशनमा उल्लेख छ ।

त्रिविमा धेरैजसो विद्यार्थी भर्ना नहुने तर कक्षामा सहभागी हुने गरेको पाइन्छ । रजिस्ट्रेसन फारम खुलेपछि मात्र विद्यार्थी भर्ना हुने गरेका छन् ।

शिक्षाध्यक्ष केसीको निर्देशनसँगै भर्ना नभएका तर कक्षामा सहभागी भइरहेका विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

Live

Listen Live FM