Sunday, January 12, 2025
घरसमाचारसुरक्षा पन्त अभिनित ‘खेल’ बैशाख १२ मा रिलिज हुने

सुरक्षा पन्त अभिनित ‘खेल’ बैशाख १२ मा रिलिज हुने

काठमाडौं । सुरक्षा पन्तको शीर्ष अभिनय रहेको फिल्म ‘खेल’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार पोस्टर सार्वजनिक गर्दै आगामी १२ बैशाखलाई रिलिज डेटको रुपमा घोषणा गरेका हुन् ।

फिल्ममा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, र निकिता आचार्यको प्रमुख अभिनय छ । फिल्मलाई केही बलिउड फिल्ममा सहनिर्देशन गरेका अनुराग प्रधान र नेपालमा पनि सहनिर्देशकको रूपमा परिचित आस्था श्रेष्ठले संयुक्तरुपमा निर्देशन गरेका हुन् ।

फिल्ममा भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय छ । रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा कलेज लाइफका किशोरीलाई चित्रण गरिएको छ ।

पोस्टरको पृष्ठभूमिमा देखिएको पाँचकोणीय तारा र अन्धकार वातावरणले यो फिल्म रहस्य, डर वा थ्रिल विधासँग सम्बन्धित रहेको रहेको बुझ्न सकिन्छ । पोस्टरको माथि ‘बेपत्ता भएको ६ वर्ष भयो’ भनेर लेखिएको छ ।

नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्स कथावस्तुसँग जोडिएको फिल्ममा ४ जना साथीको कथा प्रस्तुत गरिएको छ जसलाई विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ । उनीहरूले डरलाग्दा र अलौकिक घटनाको सामना गर्नुपरेको हुन्छ । यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्शाउन खोजिएको छ ।

अभिनेत्री सुरक्षा पन्तले गुणस्तरीय फिल्ममा काम गर्न पाउँदा खुसी रहेको बताइन् । फिल्मबारे उनले भनिन्, ‘अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले आध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गरेकी छु ।’

निर्माता लुइसराज महर्जनले विश्वका ठूला फिल्म उद्योगसँग प्रतिस्पर्धामा आउन सक्ने प्रविधिमा यो फिल्म तयार रहेको बताए । यसको लागि नेपालमा उपलब्ध नभएका क्यामेरा लेन्ससहितका केही उपकरण भारतबाट ल्याइएको उनले बाए ।

सिरुपाते कट्स प्रालिले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् । निर्माता आशिषराज महर्जन भने सह निर्मातामा कुनालराज गुरुङ र रहिशराज महर्जन छन् । कथा आशिषराज महर्जनले लेखेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका छन् । संवाद विष्णु गैरेले लेखेका छन् । छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् ।

सम्पादन आशिषराज महर्जनले गरेका छन् र ध्वनि डिजाइन विकल प्रधानको छ । रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलको छ । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् । चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गर्नेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -