२०८३ असार २० गते, शनिबार १७:४८

सात बुँदे सहमति अनुसार संविधान संशोधन आवश्यक : पूर्व मन्त्री गुरुङ




विराटनगर । पूर्व कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सात बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको प्रथम अधिवेशनको विराटनगरमा उद्घाटन गर्नुहुँदै नेपाली कांग्रेसको उप–सभापति समेत रहनुभएका गुरुङले सात बुँदे सहमति अनुसार संविधान संशोधन आवश्यक भएकाले यस विषयमा असर पर्ने गरि कसैले पनि आफ्नो अभिव्यक्ति दिन नहुने बताउनुभयो ।

राजनीतिक स्थायित्व र मुलुकको आर्थिक विकास लागि दुई ठुला दल मिलेको उहाँको भनाई थियो ।

उहाँले प्रजातन्त्र सेनानीहरू देशका जिउँदो सहिद भएकाले उनीहरूलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रिय अध्यक्ष, बालकृष्ण दाहाल, संघका कोशी प्रदेश अध्यक्ष मोहनलाल महतोले प्रजातन्त्र स्थापनाका लागि प्रजातन्त्र सेनानीहरूले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

सो अवसरमा प्रजातन्त्र सेनानीहरूलाई सम्मान समेत गरिएको थियो ।

दुई दिनसम्म चल्ने अधिवेशनमा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रजातन्त्र सेनानीहरूको सहभागिता रहेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM