Saturday, January 11, 2025
घरसमाचारकम्पनी खारेजी गर्दा जरिवाना छुट, कम्पनी दर्ता सहज तरिकाले गर्न सक्ने व्यवस्था

कम्पनी खारेजी गर्दा जरिवाना छुट, कम्पनी दर्ता सहज तरिकाले गर्न सक्ने व्यवस्था

२६ पुस, काठमाडौं । सरकारले कम्पनी दर्ता, सञ्चालन मात्र नभई कारोबार नै गर्न नसक्ने कम्पनीको खारेजीको व्यवस्थालाई पनि सरल बनाएको छ ।

मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् आवश्यक कानुन संशोधन गर्दै कम्पनी खारेजीको झन्झट हटाएको हो ।

यसअघि कम्पनी खारेज गर्दा जरिवाना तिर्नुपर्ने व्यवस्था थियो । सरकारले अध्यादेशमार्फत् अब कारोबार बन्द हुन चाहने कम्पनी खारेजी गर्दा तिर्नुपर्ने जरिवाना छुट दिने कानुनी व्यवस्था गरेको छ ।

अध्यादेशमा कम्पनी दर्ता सहज तरिकाले गर्न सक्ने व्यवस्था पनि गरिएको छ । शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेकाे हाे ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -