२६ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए । छलफलका अन्य विषयबारे जानकारी गराइएको छैन ।

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने याङ्गो चालक पक्राउ
काठमाडौँ/महिला सेवाग्राहीले याङ्गो अनलाइन बुकिङ गरी सेवा लिने क्रममा उनको















