२०८३ बैशाख ३१ गते, बिहीबार ०८:०३

ट्रान्सपोर्ट व्यवसायी बालकृष्णको सानेपास्थित गोदाममा तस्करीको कपड़ा, राजस्व अनुसन्धान विभागको छापा

काठमाडौ/ ट्रान्सपोर्ट व्यवसायको आड़मा लामो समयदेखि कपड़ा लगायतको सामग्रीको तस्करी गर्दै आएका बालकृष्ण पोखरेलको सानेपास्थित गोदाममा राजस्व अनुसन्धान विभागले छापामारी गरेको छ।

छापामारीको क्रममा बिलबिजक नभएका भारी परिमाणमा महंगा कपड़ाको गाँठ लगायतका सामग्री फेला परेको बताइएको छ।

नेपालको विभिन्न नाकाबाट तस्करी गरि भित्र्याइएका ती कपड़ाका गाँठहरू बालकृष्णको लगानीमा संचालित सुनौलो साझा नामक ट्रांसपोर्टमा भण्डारण गरि राखिएको अवस्थामा राजस्व अनुसन्धान विभागले फेला पारेपछि बिहीबार शिलबन्दी गरेको थियो।

शुक्रबार गोदामबाट सामानहरू विभागमा लैजाने तयारी भैरहेको खबर जानकारीमा आएको छ।

यसैबीच बरामद ती अवैध सामानहरूलाई वैध बनाउन बालकृष्णले राजस्व अनुसन्धान विभागमा शक्तिकेन्द्रहरूबाट आर्थिक दबाव सिर्जना गर्न लगाईरहेको बुझिन आएको छ।

को हुन् बालकृष्ण पोखरेल ?

बालकृष्ण पोखरेल भंसार भित्रबाट नै सेटिंगमा तस्करी गर्ने माहिर ट्रांसपोर्ट व्यवसायी हुन्। भंसारमा पोखरेलले पवन यादव नाम गरेका व्यक्तिमार्फत सेटिंग गरि पाँच गाँठ कपड़ाको भंसार तिरेर ३० गाँठ कपड़ा तस्करी गरि नेपाल भित्र्याउने गरेका छन्। पोखरेलले वर्षैपिच्छे फरक फरक नामका ट्रान्सपोर्टबाट संचालक गर्ने, सो ट्रांसपोर्टको मध्यमबाट करोडौँको कारोबार गरि राज्यको लाखौँ राजस्व चुहावट गर्ने र अर्को वर्ष अर्कै नामको ट्रान्स्पोर्ट संचालन गरि राज्यको राजस्व चुहावट गरेर सानो समयमा अकूत सम्पत्ति जोडेका ट्रान्सपोर्ट व्यवसायीहरूबीच चर्चा हुने गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM