Friday, January 10, 2025
घरसमाचारहवाई फायर गरि गाँजा ओसारपसारमा संलग्न ६ जना पक्राउ, दुई जना फरार

हवाई फायर गरि गाँजा ओसारपसारमा संलग्न ६ जना पक्राउ, दुई जना फरार




धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदीबजारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा सहित ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो। बिहीबार बिहान साढे ४ बजेतिर प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा खटिएको टोलीले चाँदीबजारबाट धरानतर्फ जाँदै गरेका मोटरसाइकल सवारहरूलाई चेकजाँच गर्ने क्रममा करिब एक सय २० किलो गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले घटनास्थलबाट ५ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा प्रहरीले एसएलआर राइफलबाट एक राउण्ड हवाई फायरसमेत गरेको थियो।

पक्राउ पर्नेहरूमा सहिदभूमि गाउँपालिका–१ गुर्दुम निवासी ३४ वर्षीय नकुल राई र २१ वर्षीय ओमप्रकाश राई रहेका छन् । त्यसैगरी साँगुरीगढी गाउँपालिका–८ तातोपानी निवासी २८ वर्षीय मंगल कुमार राई, २९ वर्षीय बिसन राई, ३६ वर्षीय थाम बहादुर राई र थाम बहादुर राईका छोरा सुमन राई रहेका छन् ।

बरामद गरिएका मोटरसाइकलहरूमा को ३८ प ३५२२, प्र–१–०२–०५३ प ९९६३, प्र–१–०२–०५३ प ८६१७ र प्र–१–०२–०४३ प ९५९६ नम्बरका मोटरसाइकलहरू रहेका छन्। यसैबीच घटनास्थलबाट को १४ प ७७५० नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्ति भने मोटरसाइकल छाडेर फरार भएका छन्।

प्रहरी नायब निरीक्षक प्रधानका अनुसार फरार व्यक्तिहरूको पहिचान र पक्राउका लागि प्रहरीले खोजी कार्य तीव्र पारेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ताको तयारी भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय धनकुटामा लागुऔषध गाँजाको ओसारपसार बढ्दै गएको र प्रहरीले विशेष निगरानी बढाएको जनाइएको छ। 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -