Friday, January 10, 2025
घरसमाचारझापामा लागूऔषध कारोबारी खोज्न जाँदा प्रहरीले भेट्यो गैंडाको खाग जस्तो वस्तु, भारतीय पक्राउ

झापामा लागूऔषध कारोबारी खोज्न जाँदा प्रहरीले भेट्यो गैंडाको खाग जस्तो वस्तु, भारतीय पक्राउ

२५ पुस, विराटनगर । झापामा लागूऔषध कारोबारी खोज्न गएको प्रहरीले गैंडाको खाग जस्तो देखिने वस्तुसहित एक जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टामा रहेको हिमालय गेस्ट हाउसबाट प्रहरीले लागूऔषाधसहित एउटा गैंडाको खाग जस्तो देखिने वस्तुसमेत बरामद गरेको हो ।

प्रहरीले होटलको कोठा नं. १०२ बुकिङ गरी बसेका भारतीय नागरिक नारायण रामधामलाई पनि पक्राउ गरेको छ । उनी वेष्ट बङगालको उत्तर मेन्दाबारीका हुन् ।

लागूऔषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी टोली रामधाम बसेको होटलमा पुगेको थियो । प्रहरीले उनी बसेको कोठाबाट लागूऔषध खैरो हिरोइन, पेभान स्पेस प्लस लेखिएको औषधि र गैंडाको खाग जस्तो देखिने वस्तु फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाकी प्रवक्ता मेहेगी ल्हामु तामाङले जानकारी दिइन् । उनका अनुसार पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।

कार्टुनभित्र राखेको अवस्थामा भेटिएको खाग जस्तो वस्तुको सतहको गोलाइ १८‍.६ इन्च, उचाइ ८.६ इन्ज र तौल एक किलोग्राम ७०० ग्राम छ ।

गैंडाको खाग हो होइन भन्ने विषय परीक्षणपछि मात्रै खुल्ने प्रहरीले बताएको छ । प्रहरीले भारतीय नागरिक बसेको कोठाबाट प्लास्टिकको पोकाभित्र राखेको अवस्थामा ३ ग्राम ७६० मिलिग्राम र प्लाष्टिक बाहिर २ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन पनि बरामद गरेको छ ।

पेभन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता,  लागूऔषध जोख्नका लागि प्रयोग हुने एउटा डिजिटल तराजु र दुई वटा मोबाइल पनि फेला परेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टमा राखेर थप अनुसन्धान भइरहेको तामाङले बताइन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -