Friday, January 10, 2025
घरसमाचारमोरङमा मौरी जोन तथा धान सुपर जोन सञ्चालन

मोरङमा मौरी जोन तथा धान सुपर जोन सञ्चालन

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङ जिल्लामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएसँगै धान जोन कार्यक्रमलाई सुपर जोनमा विस्तार गरिएको छ ।

मोरङ जिल्लाको १७ वटा पालिकामध्ये चालु आर्थिक वर्षदेखि पाँच नगरपालिका तथा तीन गाउँपालिकाका ४६ वटा वडामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको हो ।

मौरी पालन व्यवसाय फस्टाउँदै गएपछि रंगेली, उर्लाबारी, लेटाङ, सुन्दर हरैचा, बेलबारी, कानेपोखरी तथा मिकलाजुङ लगायतका पालिकामा जोन सञ्चालनमा आएको हो । जोन सञ्चालनमा आएसँगै महको उत्पादन र बजारीकरणमा सहयोग पुग्ने मौरी जोन सञ्चालन समितिका सचिव बोधराज खतिवडाको भनाई छ ।

त्यसैगरि रतुवामाई नगरपालिकामा यस अघि सञ्चालनमा रहेको धान जोनलाई बेलबारी नगरपालिकाको विभिन्न वडामा विस्तार गर्दै सुपर जोनमा स्तरोन्नति गरिएको छ ।

जोनबाट धान सुपर जोन विस्तार भएपछि कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा सहयोग पुग्ने हुँदा श्रम लागत घटने बेलबारी नगरपालिकाका किसान झमक खड्काले बताउनुभयो । श्रमका लागि जनशक्तिको अभाव भइरहेको अवस्थामा यान्त्रीकरणले कृषि उत्पादनमा सहयोग पुग्ने उहाँको भनाई छ ।

परियोजनाले चालु आर्थिक वर्षमा धान सुपर जोनका लाग एक करोड र मौरी जोनका लागि ८० लाख बजेट विनियोजन गरेको छ ।

परियोजनाले किसानलाई ५० देखि ८५ प्रतिशतसम्म विभिन्न प्रकारका अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ ।

योसँगै मोरङ जिल्लामा माछा तथा तरकारी जोन सञ्चालन हुँदै आएका छ । जोन सञ्चालनमा आएसँगै जिल्लामा माछा र तरकारीको उत्पादनमा उल्लेखनीय वृद्धि भएको परियोजनाले जनाएको छ । जसका कारण मोरङ जिल्ला माछा मासु तथा तरकारीमा आत्मनिर्भर बन्दै गएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -