नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्रप्रसाद कहार घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नवलपरासी पाल्हिनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालय सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारलाई घुससहित आज पक्राउ गरेको हो ।
उनीहरूले भवन निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बुटवल कार्यालयबाट गएको टोलीले कार्यकक्षबाट रंगेहात पक्राउ गरिएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त रकमसहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।