२०८३ असार २२ गते, सोमबार ०२:४९

५० किलो गाँजासहित चारजना पक्राउ

वीरगंज, २४ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले ५० किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ । पुस २३ गते राति ९ः३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २० हरपतगंज चोक नजीकैबाट चार जना व्यक्तिले टाउकोमा लागु औषध गाँजा बोकी जाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएको छ । पक्राउ पर्नेमा बहुदरमाई न.पा.वडा नं.१ बिश्रामपुर निवासी ४० वर्षीय पारस यादव, सोही ठाउँ निवासी ५२ वर्षीय मैनादिन मियाँ, बहुदरमाई न.पा.वडा नं.७ तिनटोलीया बस्ने ३६ वर्षीय अकबर मियाँ, र बहुदरमाई न.पा.वडा नं.७ छपकैया बस्ने ४५ वर्षीय शिव महतो रहेको जिप्रका, पर्साले जनाएको छ । प्रहरीले प्लाष्टिकको बोरा भित्र रातो प्लाष्टिकले बेरी राखिएको लागु औषध गाँजा ४ पोकामा ५० किलो बरामद गरेपछि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रवक्ता प्रनाउ लम्सालले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM