२०८३ असार २३ गते, मंगलवार १६:११

एमाले केन्द्रीय कमिटी बैठक सुरु




काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । 

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको बैठकमा पेश गर्नुभएको  राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने  कार्यसूची रहेको एमाले नेता एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

हिजोको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि २७ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको थियो । 

आज प्रतिवेदनमाथि केन्द्रीय सदस्यले टिप्पणी गर्ने कार्यक्रम सकिएपछि एमाले अध्यक्ष ओलीले उठेका प्रश्नको जवाफसमेत दिनुहुने एमालेले जनाएको छ ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM