जनकपुरधाम । आजबाट सुरु भएको जय ट्रफी दुई दिवसीय क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा मधेशले बागमतीविरुद्ध खराब ब्याटिङ गरेको छ । मधेश आफ्नो पहिलो इनिङ्समा ३५.३ ओभरमा अलआउट हुँदै १०२ रनमा अल आउट भएको छ ।
मधेसका कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । मयंक यादवले बनाएको २१ रन नै सर्वाधिक रन रहेको छ । उनीबाहेक विशाल पटेलले १६ रन बनाउँदा हिमांशु दतले १० रन बनाएर आउट भएका थिए । त्यस्तै, अभिषेक तिवारीले ११ रन बनाउँदा निरज यादवले १२ रन बनाएका थिए । अभिषेक तिवारी ११ रनमा आउट थिए ।
मधेसलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले १४ ओभर बलिङ गर्दै ४१ रन खर्चिएर ५ विकेट लिएका छन् । त्यस्तै, सूर्य तामाङले ३ विकेट लिँदा नन्दन यादव र प्रतिश जिसीले समान १–१ विकेट लिएका थिए ।
जनकपुरमा जारी खेलमा खराब मौसमका कारण केही ढिला सुरु भए पनि ब्याटिङ कौशलमा भने मधेसले पनि आफूलाई पूरा दिन टिकाउन सकेनन् । प्रतियोगिताको पहिलो इनिङ्स ६० ओभरको हुनेछ । ब्याटिङ गर्ने टिमले पुरै ६० ओभर ब्याटिङ गर्न पाउने व्यवस्था रहेको छ ।
१ सय ३ रनको लक्ष्य सहित खेल मैदानमा आएका बागमतीको प्रदर्शन पनि निराशा जनक नै रहेको छ । बागमतीले शुरुका दुई विकेट ३ रनमा नै गुमाएपनि बागमतीका ईसान पाण्डे र शुभ कंशाकारका जाडिले १३ ओभरमा टिमका स्कोरलाई ३४ मा पुर्याएका थिए ।
बागमतीका तर्फबाट ईशानले ९ र शुभ कंशाकारले २२ रनको मद्दतले खेलीरहेका छन् । खराब मौसमका कारणले १३ ओभरमा नै अम्पायरले बाँकी खेल भोली हुने गरि स्थगित गरेको छ । मधेश प्रदेशका तर्फबाट रुपेश सिंहले १ विकेट लिएका छन् भने अर्का बलर विशाल पट्टेलले १ विकेट लिएका छन् ।
रातो रङ्गको ड्युज बलबाट एक दिवसीय फरमेटमा शुरु भएको प्रतियोगितामा नेपाली खेलाडीहरूको धेरै समय व्याटिङ्ग गर्ने बानी नभएका कारणले थोरै अभरमा खेलाडीहरू आउट भएका थिए । यस प्रतियोगितामा खेलाडीको लामो समय खेल्नका लागि क्षमताको विकास हुने विश्वास आयोजक नेपाल क्रिकेट सङ्घको रहेको छ ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री जनकपुरधाममा निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण चाडै शुरु गर्ने बताउनु भयो । यसका लागि प्रदेश सरकारले १ अर्बको टेण्डर गर्ने पनि मुख्यमन्त्री सिंहले बताउँदै भारतका प्रधानमन्त्रीले जनकपुरधामको विकासका लागि १ अर्ब भारतीय रकम पनि यसै रङ्गशालामा खर्च गरिने बताउनु भयो ।
उहाँले मधेश प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् तथा गुठी संस्थानका बीचमा त्रिपक्षीय सम्झौता भएपछि रंगशालाको निर्माण अगाडी बढाउने बताउनु भयो । नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहको अध्यक्षतामा भएको सो प्रतियोगिताको उद्घाटनमा संघका सचिव पारस खड्का, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह तथा मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले बोल्नु भएको थियो ।