Saturday, January 11, 2025
घरसमाचारसर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर

सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर

२१ पुस, सर्लाही । सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि तनाव सिर्जना भएको थियो ।

चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले बताए ।

गएराति करिब ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो । सोही क्रममा रामनगर गाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेको प्रहरीको भनाइ छ।

उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको बोहराले बताए । रायको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ ।

त्यसपछि स्थिति नियन्त्रण लिने क्रममा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले सर्लाहीका डीएसपीको कमाण्डमा थप टोली झिकाएको थियो ।

वडाध्यक्ष श्रीनन्दन यादवले भने प्रहरीले चेकिङको नाममा स्थानीयसँग रकम असुलेको र केहीलाई हिरासतमा राखेको गुनासो आएपछि आफू सो स्थानमा पुगेको बताए । आफूले मापसे नगरेको र प्रहरीलाई आक्रमण पनि नगराएको उनको भनाइ छ ।

‘म कहिल्यै मापसे गर्दिनँ,’ वडाध्यक्ष यादवले अनलाइनखबरसँग भने, ‘लोकल केटाहरुसँग प्रहरीको लफडा भएपछि मैले त छुट्याएको थिएँ । त्यो भिडियोमा पनि देखिन्छ हेर्नुहोला ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -