Wednesday, January 8, 2025
घरसमाचारदार्चुलाका तीन वटा आधारभूत अस्पतालको निर्माण कार्य सुस्त 

दार्चुलाका तीन वटा आधारभूत अस्पतालको निर्माण कार्य सुस्त 

दार्चुला । दार्चुलामा शिलान्यास गरिएका तीन वटा आधारभूत स्वास्थ्य अस्पतालको निर्माण कार्य सुस्त रहेको छ । 

नेपाल सरकारले २०७७ मङ्सिर १५ गते देशभर ३ सय ९६ वटा आधारभूत स्वास्थ्य अस्पतालको एक साथ अनलाइन प्रविधिबाट शिलान्यास गरेको थियो । 

प्रधानमन्त्री केपी ओलीले एकै दिन एकसाथ शिलान्यास गर्नुभएको दार्चुलाका सात वटा अस्पताल मध्ये तीन वटा अस्पताल निर्माण कार्य सुस्त छ । 

लेकम, दुहुँ र अपिहिमालकामा निर्माणाधीन आधारभूत अस्पतालहरूको निर्माण कार्य सुस्त रहेको हो । 

अस्पताल भवन समयमै निर्माण नहुँदा सकै साधारणलाई सेवा दिन समस्या भएको यहाँका पालिकाहरुले जनाएका छन् । समयैमै आधारभूत स्वास्थ्य अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपिहिमालका नागरिक बिरामी हुँदा छिमेकी पालिकाको अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढीदेखि काठमाडौँका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता छ ।

लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७ ÷०७८ मा जगदम्बा यमुना जेभीले ठेक्का पाएको १० शय्याको अस्पताल भवन निर्माण कार्य भर्खर सुरु भएको छ । कुल ७ करोड लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि मात्रै अहिले निमगण कार्यअघि बढेको लेकम गाउँपालिका लेखा अधिकृत ममता विष्टले बताउनुभयो । 

उहाँका अनुसार कार्यपालिकाले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएपछि मात्रै ठेकेदारले काम सुरु गरेको छ ।

दुहुँ गाउँपालिकामा निर्माण भइरहेको १० शय्याको अस्पताल पनि भर्खर मात्रै निर्माण कार्य अघि बढेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बीर सिंह धामीले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७७÷०७८ मा यमुना, कौशिल जगदम्बा जेभीले कुल ८ करोड २९ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौतापछि ठेकेदार सम्पर्कविहीन भएको थियो । अहिले आएर ठेकेदारले काम अघि बढाएको छ ।

व्यास गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा १५ शय्याको अस्पताल निर्माणको लागि ठेक्का सम्झौता भएको छ । कुल २४ करोड ७६ लाख ८५ हजार रुपैयाँ लागतमा सम्झौता भएको अस्पताल अहिले निर्माण कार्य भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुवरले बताउनुभयो ।

अपिहिमाल गाउँपालिकामा निर्माण भइरहेको १० शय्या अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा स्वार एसोसिएट रन्जितकार जेभी धनगढीसँग कुल १० करोड ३३ लाखमा ठेक्का सम्झौता भएको थियो । तीन पटक म्याद थप भएपछि अहिले काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका सूचना अधिकारी पानसिंह धामीले जानकारी दिनुभयो ।

मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिकामा अस्पताल भवन निर्माण गरेर सञ्चालनमा आएको छ । यी दुवै ठाउँमा करारमा डाक्टर नियुक्ति गरेर सेवा प्रवाह हुँदै आएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -