Wednesday, January 8, 2025
घरसमाचारकरिब ६ हजार सहकारी पीडितको बचतकर्ता फिर्ता भइसक्यो- मन्त्री गुरुङ

करिब ६ हजार सहकारी पीडितको बचतकर्ता फिर्ता भइसक्यो- मन्त्री गुरुङ

२० पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले करिब ६ हजार बचतकर्ताको बचत रकम फिर्ता भइसकेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित भूवो पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा करिब ६९ हजार बचतकर्ताको रकम अपचलनमा सरकार लागिरहेको जिकिर गरे ।

‘सहकारी संरक्षण कोषको स्थापनाका लागि हामी लागेका छौँ । ६९ हजार बचतकर्ताको बचत फिर्ता गर्नको लागि हामी लागेका छौँ,’ उनले भने, ‘६ हजार बचतकर्ताको बचत अहिलेसम्म सम्पूर्ण रुपमा फिर्ता गरिसकेका छौँ । ८ हजार बचतकर्ताको करिब ७० प्रतिशत फिर्ता गरेका छौँ । बाँकी २ हजारको छानविनको क्रममा छ ।’

साथै, उनले सहकारी प्रकरणमा गल्ती गरिसकेपछि सडक आन्दोलनबाट मुक्ति पाइन्छ भन्ने नठान्न पनि आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले न्यायिक छानविन र अनुसन्धानलाई सघाउन आग्रह गरे । सरकार समाजमा भएका विकृति, विसंगति, अन्याय, अत्याचार, असमानता वा भ्रष्टाचारलाई निर्मुल गर्न लागिपरेको बताए ।

‘छानविनको क्रममा गल्ती गरेको छैन भने न्यायिक छानविनमा कोही नतर्सिनुस्, न्यायिक छानविन र अनुसन्धानलाई सघाउनुपर्‍यो । अब गल्ती गरेको छ भनेपनि सडकको आन्दोलनले म मुक्त हुन्छु भन्नेकुरा कसैले नसोचे पनि हुन्छ,’ गुरुङले भने ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -