Friday, January 10, 2025
घरसमाचारगुल्मी र पर्वत जोड्ने पक्की पुल आठ वर्षमा सम्पन्न

गुल्मी र पर्वत जोड्ने पक्की पुल आठ वर्षमा सम्पन्न




गुल्मी । गुल्मी र पर्वत जोडने पक्की पुल आठ वर्षमा सम्पन्न गरिएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका र पर्वतको बिहादी गाउँपालिका जोडने पक्की पुल निर्माण सम्पन्न भए सँगै स्थानीयलाई सहज भएको छ । 

लामो समयको प्रतीक्षा पछि दुई प्रदेशलाई जोड्ने पक्की पुल निर्माण भएको छ । कालीगण्डकी नदी माथी निर्माण गरिएको पक्की पुलले गुल्मी र पर्वत मात्रै नभई लुम्बिनी र गण्डकी प्रदेश लाई समेत जोडेको छ ।  

तत्कालीन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौबीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार तीन वर्ष भित्र सम्पन्न गर्ने गरि सम्झौता भएपनी कोरोना महामारी,सम्झौता भएको कार्यालय नै खारेज हुँदा पुल निर्माणमा ढिला सुस्ती भएको थियो । ढिलै भएपनी पक्की पुल निर्माण हुँदा नागरिकमा उत्साह देखिएको छ । १२६ मिटर लम्बाइ र ८ मिटर चौडाइ पुलको रहेको छ । पुल नहुँदा यहाँका स्थानीयलाई आवतजावत गर्न तीन घण्टा लाग्थ्यो भने अहिले  पाँच मिनेटमै वारिपारि गर्न सकिने पर्वतकी स्थानीय विष्णुमाया सुब्बा बताउनुहुन्छ । 

पुलको गुल्मी क्षेत्र नम्बर एक प्रतिनिधि सभाका सदस्य चन्द्र भण्डारीले उद्घाटन गर्दै सबै मिलेर विकास गर्नु बताउनु भयो । यस पुलले स्थानीयलाई सहज मात्रै बनाएको छैन आर्थिक आय आर्जन र कृषि उपजको बजारीकरणमा समेत मद्दत पुराएको छ ।

गुल्मीमा उत्पादन भएको कृषि उपज पोखरा र पर्वतमा उत्पादन भएको कृषि उपज दाङ भालुबाङ सम्म पुराउने माध्यम समेत बनेको छ  । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -