Friday, January 10, 2025
घरसमाचारबागमती प्रदेश : विपद् प्रभावित सडक पुनःनिर्माणका लागि १५ करोड रकम उपलब्ध...

बागमती प्रदेश : विपद् प्रभावित सडक पुनःनिर्माणका लागि १५ करोड रकम उपलब्ध गराइने




मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनः निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज ११ र १२ गतेको अविरल वर्षाको कारण क्षति भएका प्रादेशिक सडक मार्ग तथा पूर्वाधार पूनःनिर्माणका लागि १५ करोड २५ लाख रकम उपलब्ध गराउने निर्णय हो ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार विपद् प्रभावित हेटौँडा–काठमाडौँ सडकका लागि ११ करोड २५ लाख र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मतका लागि ४ करोड रुपैयाँ बजेट व्यवस्था गर्ने निर्णय गरिएको हो । मन्त्री लामिछानेले उक्त बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र विषयगत मन्त्रालयको बजेटबाट व्यवस्था गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठकले प्रदेश स्तरबाट ११औँ तहमा बढुवा हुनुभएका निरञ्जन श्रेष्ठलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरमा पदस्थापन गर्ने निर्णय गरेको छ । संघीय सरकारबाट सरुवा भएर आउनुभएका सचिव वीरेन्द्र देव भारतीलाई प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री लामिछानेले बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -