Saturday, January 11, 2025
घरसमाचारचिसो र शीतलहरले जनजीवन प्रभावित

चिसो र शीतलहरले जनजीवन प्रभावित




बाँके । पछिल्लो पाँच दिनदेखि चिसो बढेर बाँकेसहित पश्चिम तराईका जिल्लाहरूमा जनजीवन प्रभावित भएको छ। बाक्लो हुस्सु र शीतलहरले बाँकेका आठ वटै पालिकामा जनजीवन कष्टकर बनाएको छ। बिहानैदेखि बाक्लो हुस्सुले ढाकिने र तापक्रममा गिरावट आउने क्रमले चिसो झन् बढेको छ।

चिसोका कारण बच्चा, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन्। अत्यधिक चिसोका कारण मानिसहरूलाई घरबाहिर निस्किन कठिनाइ भइरहेको छ। यसले गर्दा बजार, कार्यालय र विद्यालयहरूमा मानिसहरूको उपस्थिति न्यून बनेको छ। नेपालगञ्ज, कोहलपुर र खजुरा बजारहरूमा चहलपहल कम भएको छ भने यात्रुहरूको सङ्ख्या घटेको छ।

विद्यालय र क्याम्पसमा विद्यार्थीहरूको उपस्थिति घटेको देखिएको छ। नेपालगञ्जका व्यापारी रेवती रमणका अनुसार न्यानो कपडाको बिक्री भने बढेको छ, तर अन्य व्यापार व्यवसायमा मन्दी छाएको छ। ग्रामीण क्षेत्रका बासिन्दाहरू घुर र आगो बालेर चिसो छलिरहेका छन्।

चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।

अहिलेसम्म बाँकेको कुनै पनि स्थानीय तहले चिसोबाट बच्न आगो बाल्ने दाउरा वा न्यानो कपडाको व्यवस्था गरेको छैन। अत्यधिक चिसोका कारण यहाँका जनजीवन झन् कष्टकर बनिरहेको छ। चिसोले यातायात र दैनिक क्रियाकलापहरूमा समेत नकारात्मक असर पुर्‍याएको छ।

चिसोको प्रभावलाई मध्यनजर गर्दै, स्थानीय तह र सरोकारवाला निकायहरूले जनताको स्वास्थ्य र सुविधाका लागि आवश्यक कदम चाल्नु आवश्यक देखिन्छ। वातावरणीय विपत्तिका रूपमा आएको यस चिसोले बाँके र आसपासका क्षेत्रको जनजीवन थप कठिन बनाएको छ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -