Saturday, January 11, 2025
घरसमाचारबागमती प्रदेशका सिमानाकामा अत्याधुनिक चेकपोस्ट निर्माण गरिँदै

बागमती प्रदेशका सिमानाकामा अत्याधुनिक चेकपोस्ट निर्माण गरिँदै




मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो सिमानाकामा अत्याधुनिक चेकपोस्ट निर्माण गर्ने भएको छ ।

प्रदेश सरकारले पहिलो चरणमा मधेश प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेश बिन्दु हेटौँडा–१५, रातोमाटे र सिन्धुलीको भिमानमा चेकपोस्ट निर्माण गर्ने भएको हो ।

चेकपोष्ट निर्माण गर्ने सन्दर्भमा शुक्रबार प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हेटौँडा–१५, स्थित रातोमाटेमा स्थलगत अनुगमन तथा छलफल समेत गर्नुभएको छ । सो क्रममा उहाँले आन्तरिक सुरक्षा बलियो बनाउने उद्देश्यका साथ प्रदेश सरकारले चेकपोस्ट निर्माण गर्न लागेको भन्दै स्थानीय तहसँग समन्वय गरेर चेकपोस्ट निर्माण गरिने बताउनुभयो ।

प्रदेश सरकारले चेकजाँच बढाउने, शान्ति सुरक्षा तथा राजस्व चुहावट समेत रोक्ने उद्देश्यका साथ प्रदेशका ७ वटै सिमानाकामा चेकपोष्ट निर्माण गर्ने तयारी गरेको प्रदेशको आन्तरिक मामिला तथा कानूनसचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा हेटौँडा र सिन्धुलीमा, दोस्रो चरणमा चितवनको नारायणगढ मुग्लिनमा, तेस्रो चरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा चेकपोस्ट निर्माण गर्न लागिएको हो ।

चेकपोस्टमा सवारी साधनको जाँचका लागि स्क्यानरसहितको अत्याधुनिक मेसिन, सिसी क्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने सरकारको योजना रहेको छ । चेकपोस्ट निर्माणका लागि जग्गा प्राप्ति, आईई, डिपिआरसहित काम सम्पन्न गर्न करिब दुई वर्ष लाग्ने समेत सचिव दर्जीले बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -