Saturday, January 11, 2025
घरसमाचार‘अर्थतन्त्रमा देखिएको अन्तरविरोधले वित्तीय क्षेत्रको सम्पत्ति गुणस्तर खस्कियो’

‘अर्थतन्त्रमा देखिएको अन्तरविरोधले वित्तीय क्षेत्रको सम्पत्ति गुणस्तर खस्कियो’

फाइल तस्वीर


१९ पुस, काठमाडौं । अर्थ मन्त्रालयका पूर्वससचिव रामेश्वर खनालले अर्थतन्त्रमा देखिएको अन्तरविरोधका कारण वित्तीय क्षेत्रको सम्पत्तिको गुणस्तर खस्किएको बताएका छन् ।

बैंकहरूको खराब सम्पत्ति देखिने मात्रै होइन, नदेखिने अझै धेरै बिग्रिएको आशंका रहेको भन्दै खनालले सोहीकारण केही बैंकको सम्पत्ति गुणस्तर मूल्यांकनको विषय आएको बताए ।

‘तर, हामी प्रभावकारी नियमन भनिरहेका छौं, अधिक तरलता भनिरहेका छा‌ैं, नागरिकको हातमा तरलता छैन, यो दोस्रो अन्तरविरोध भइरहेको छ, ’ बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौं साधारणमा खनालले भने, ‘कर्जा खोज्न पाएका छैनन्, उपभोक्ताको क्रयशक्ति कमजोर छ जसले आन्तरिक खपत कमजोर छ ।’

खनालले तेस्रो अन्तरविरोध वाह्य क्षेत्र बलियो र आन्तरिक अर्थतन्त्र कमजोर हुनु रहेको बताए । सामान्यतया वाह्य क्षेत्र बलियो हुँदा आन्तरिक पनि बलियो हुनुपर्ने तर यसमा अन्तरविरोध देखिएको उनको भनाइ छ ।

‘समाधान गर्न सम्पत्ति व्यवस्थापन कम्पनीको कुरा पनि आएको छ,’ उनले भने, ‘सुधार आवश्यक छ तर त्यसका लागि हतारभन्दा पनि सन्तुलित रूपमा अगाडि बढ्न आवश्यक छ ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -