Saturday, January 11, 2025
घरसमाचारमदन भण्डारी गोल्डकपः पुरुष भलिबल, उद्घाटन खेलमा नेपाल प्रहरीको जीत

मदन भण्डारी गोल्डकपः पुरुष भलिबल, उद्घाटन खेलमा नेपाल प्रहरीको जीत

रुपन्देही । मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेल नेपाल प्रहरीले ३, १ को सेटले जितेको छ ।

बुटवलको रामनगर खेलमैदानमा पहिलो सेट २५, २२, दोस्रो सेट २५, २०, तेस्रो सेट ३२, ३४ हुँदै  चौथो सेट २५, १८ ले आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीलाई पछाडि पार्दै नेपाल प्रहरीले जित निकालेको हो ।

विभागीय टिम नेपाल प्रहरी र आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीबिच बुधबार निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । यद्यपि  वेष्ट फाइभमा भएको प्रतियोगितामा आयोजकले जित निकाल्न सकेन । नेपाल प्रहरीका चन्द्र कुँवर र मदन भण्डारीको राजन कुँवर प्रशिक्षक रहेका थिए ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल च्याम्पियनसीपमा भोलि बिहीबार तीन प्रतियोगिता हुँदैछन् । पहिलो खेल त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एशोसिएसनबीच हुनेछ । दोस्रो खेल रुकुमपश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लबबीच हुनेछ । खेल सशस्त्र प्रहरी बल र गल्कोट भलिबल क्लबबीच हुनेछ ।

भोलि बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताउनुभयो  ।  नेपाल र भारतका ८ भलिबल टिम सहभागी खेल पुस २४ गतेसम्म सञ्चालन हुनेछ ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औँ स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता सुरु गरेको हो ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मदनको विचारलाई आत्मसाथ गर्दै स्थापनमा भएको मदन भण्डारी स्पोटर्स एकेडेमीमा खेलाडी र प्रशिक्षक उत्पादन र प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार तम्तयार भएको बताउनुभयो ।

संस्थापक अध्यक्ष रमेश सिलवाल, भलिबल संघका उपाध्यक्ष भरत शाह,  संविधानसभा सदस्य राधाकृष्ण कँडेल, प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेलगायतले बोल्दै मदन भण्डारी स्पोटर्स एकेडेमीले खेलकुदको विकासका लागि गरेका क्रियाकलापमा हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उद्घाटन खेलमा मदन भण्डारी गोल्डकप नेपालको पहिलो एथलेटिक्स प्रशिक्षक मधुशमशेर जबरालाई ५१ हजार रुपैयाँ राशिले सम्मान गरिएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकास र दक्ष खेलाडी निर्माणका लागि स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घसम्म कमिटी निर्माण गरी विद्यालयदेखि विश्वविद्यालय हुँदै ओलम्पिकसम्म खेल गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -