Friday, January 10, 2025
घरसमाचार‘मुलुकको संवृद्धि र राष्ट्र निर्माणमा सबै दल मिलेर अघि बढ्नुपर्छ’

‘मुलुकको संवृद्धि र राष्ट्र निर्माणमा सबै दल मिलेर अघि बढ्नुपर्छ’




विराटनगर । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं नेपाली कांग्रेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको संवृद्धि र राष्ट्र निर्माणमा सबै दल एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश सूचना सञ्चार तथा प्रचार प्रसार विभागले विराटनगरमा आज आयोजना गरेको प्रेस युनियनसँग आवद्ध पत्रकारहरूको सम्मान कार्यक्रममा उहाँले दलहरूको सहमतिमा शान्ति प्रक्रिया र संविधान निर्माणमा जस्ता महत्पूर्ण उपलब्धिहरू हासिल भएकाले अब एकताबद्ध भएर जनताको हितका लागि काम गर्नुपर्ने बताउनुभयो ।

संविधान निर्माणपछि उल्लेखनीय रुपमा मुलुकमा विकास निर्माणका काम भएको उहाँको भनाई थियो । लोकतन्त्र र प्रेसबिच अन्योन्याश्रित सम्बन्ध रहेको र नेपालको हरेक राजनीतिक परिवर्तनमा प्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

कांग्रेसका केन्द्रिय सदस्य डा डीला सङ्ग्रौला, अमृत अर्याल, राजीव ढुङ्गाना, भिम पराजुली तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री एवं कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई कोशी प्रदेश नेपाली कांग्रेस महामन्त्री उमेश थापा लगायतले मुलुकको संवृद्धिका लागि पत्रकारहरूले कलम चलाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा मङ्सिर २८ गते भएको नेपाल पत्रकार महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियनबाट निर्वाचित हुनुभएका कोशी प्रदेशका १४ वटै जिल्लाका पत्रकार महासङ्घका केन्द्रिय सदस्य, कोशी प्रदेशका पदाधिकारी, सदस्य एवं जिल्ला सभापति तथा पदाधिकारी एवं सदस्यहरूलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -