Thursday, January 9, 2025
घरसमाचारश्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण

श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण

१७ पुस, काठमाडौं । श्रीलंकाका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको छ । मुद्रण विभाग, प्रहरीको युट्युब च्यानल लगायतमा साइबर आक्रमण भएको हो ।

प्रहरी प्रवक्ता एवम् वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाले सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट र श्रीलंका प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको स्थानीय सञ्चारमाध्यमलाई मंगलबार जानकारी गराए ।

श्रीलंका कम्प्युटर इमर्जेन्सी रेडिनेस टिम (एसएलसीइआरटी) तथा प्रहरीले हाल साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ । एसएलसीइआरटीले गत हप्तासरकारी वेबसाइटहरू आक्रमणको जोखिममा रहेको चेतावनी दिएको थियो ।

यसले साइबर आक्रमणहरू सामना गर्न तथा सरकारी कर्मचारीहरूलाई शिक्षित गर्न साइबर जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

श्रीलंकाले सबै मन्त्रालयहरूमा अनुसन्धान इकाइ स्थापना गर्ने

यसैबीच श्रीलंकाको मन्त्रिपरिषद्ले सोमबार सार्वजनिक संस्थाहरूमा जवाफदेहिता सुनिश्चित गर्नका लागि अनुसन्धान इकाइहरू स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

क्याबिनेटका प्रवक्ता तथा स्वास्थ्य मन्त्री नलिंदा जयतिसाले भने, ‘सरकारले राज्य संस्थाहरूमा अनियमितताको बारेमा धेरै गुनासोहरू प्राप्त गरेको थियो । यी चासोलाई सम्बोधन गर्न तथा सार्वजनिक सेवा अभिवृद्धि गर्न मन्त्रिपरिषद्ले यस्ता निर्णय गरेको छ ।’

छानबिन इकाइको नेतृत्व अनुसन्धानमा पूर्व संलग्नता भएका वरिष्ठ कार्यकारी तहका सरकारी अधिकारीले गर्नेछन् । जयतिसाका अनुसार यी अधिकारीहरूले विगतको प्रशासनमा रहेका राज्यका संस्थाहरूको छानबिन गर्ने तथा चलिरहेका सार्वजनिक गुनासो सम्बोधन गर्नेछन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -