२०८३ बैशाख ६ गते, आईतवार १५:५६

प्रधानमन्त्री केपी ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसकै छ : सिटौला

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको भए पनि नीतिगत नेतृत्व भने आफ्नै दलले गरिरहेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ’ सिटौलाले भने, ‘राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ ।’

सम्बोधनको क्रममा उनले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताए ।

पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा पार्टीले सरकारलाई डोर्‍याउनुपर्ने उनको भनाइ थियो ।

‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ । गरिब जनताको आर्थिक प्रगति गर्नुछ । पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ’ सिटौलाले भने, ‘दलित, महिला, पिछडिएका क्षेत्रका तमाम समस्याहरू समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्‍याउनु छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM