२०८३ बैशाख ४ गते, शुक्रबार ११:०७

कांग्रेसमा यी तीन नेता अब कता उभिएलान् ?

१५ पुस, काठमाडौं । सामान्य अवस्था रहेमा अर्को मंसिरमा कांग्रेस महाधिवेशन हुनेछ, जहाँ केही यस्ता नेताले दाबेदारी गर्न सक्नेछन् । कांग्रेस पंक्तिको आकलन छ– ती नेताहरूसँग जितहार जे भए पनि २ सयदेखि ३ सय मत प्रभावित पार्ने सामर्थ्य देखिन्छ ।

न्यून मतले महाधिवेशनको नतिजामा समेत परिवर्तन हुने सम्भावना हुँदा यी नेताको भूमिका के होला भन्नेमा पार्टी पङ्तिमा चासो छ । ती पात्र हुन् विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र महेश आचार्य ।

यी नेताहरूले सहयोग गर्ने पात्र को होलान् ? वा, मूल नेतृत्वको लागि आफैं प्रतिस्पर्धामा उत्रेलान् ? कांग्रेसीजनमा उत्सुकता छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको चार वर्षे अवधि अर्को वर्षको मंसिरमा सकिनेछ । विधानले एक वर्ष पदावधि थप्ने सुविधा दिएको हुँदा नियमित समयमा महाधिवेशन नहुन पनि सक्छ । महाधिवेशनको प्रकृयाले औपचारिकता प्राप्त नगरेको हुँदा १५औं महाधिवेशनको मितिको समय निश्चित छैन ।

महाधिवेशनको मिति अनिश्चित रहेपनि भावी नेतृत्व र समीकरणलाई लिएर चर्चा सुरु भइसकेको छ । महाधिवेशनको नजिक पुगेसँगै कतिपय नेताहरूले समूह परिवर्तन गर्ने हुँदा पुरानो समीकरण यथावत् रहँदैन । राज्य र पार्टी नेतृत्वकर्ताको वरपर रहेर विगतमा शक्तिको अभ्यास गरिरहेका पात्रहरूले आगामी महाधिवेशनमा के गर्लान् ? उनीहरू कुन समीकरणमा अटाउलान् ? कांग्रेसभित्र चासो छ ।

उनीहरूको भूमिका आगामी महाधिवेशनमा कस्तो रहला भनी चर्चा हुने पात्रमा पूर्वउपसभापतिद्वय गच्छदार र श्रेष्ठ, अनि नेता आचार्य लगायत छन् ।

नयाँ पुस्तालाई सघाउने मनस्थितिमा गच्छदार

गच्छदारले कसलाई साथ दिन्छन् भन्ने कुराले कांग्रेसमा अर्थ राख्छ । लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका उनीसँग एउटा धारको शक्ति छ । १४औं महाधिवेशनमा लोकतान्त्रिक फोरमले करिब १८ हजार क्रियाशील सदस्यको दाबी गरेको थियो । लोकतान्त्रिक फोरमले गत महाधिवेशनमा २५० देखि २६० जनासम्म महाधिवेशन प्रतिनिधि ल्याएको दाबी छ । फोरम पृष्ठभूमिका नेता कार्यकर्ता तान्नका लागि सभापतिको प्रत्यासीले स्वभाविक रूपमा गच्छदारको साथ खोज्नुपर्ने हुन्छ । गच्छदारको शक्ति क्रमशः क्षयीकरण भएपनि उनीसँग तत्कालीन फोरम लोकतान्त्रिक धारको नेतृत्व गरिरहेका नेता कार्यकर्ता छन् ।

गच्छदार निकटका नेताहरूका अनुसार आगामी महाधिवेशनमा सभापति पदको दौडमा उनी हुने छैनन् । युवा पुस्ताबाट सभापतिमा उम्मेदवार दिनेलाई सघाउने विचारमा गच्छदार रहेको उनी निकट नेताले दाबी गरे ।

‘सभापति पदमा उहाँ उठ्नुहुन्न । युवा पुस्ताबाट नै नेतृत्व आउनुपर्छ भनेर हामीसँग कुरा गर्नुहुन्छ,’ भेटमा गच्छदारसँग भएका कुराकानी बारे ती नेता भन्छन्, ‘युवा पुस्ताबाट कांग्रेसको नेतृत्व नआए पार्टीलाई अप्ठ्यारो पर्ने हामीसँग भन्नुहुन्छ ।’ माघीसँगै पूर्वदेखि पश्चिमसम्म भ्रमण गरेर गच्छदारले कार्यकर्तासँग राय सुझाव लिने ती नेताले जानकारी गराए ।

कांग्रेसमा निरन्तर शक्तिको अभ्यास गर्दै आएका गच्छदार पछिल्लो समय सार्वजनिक मञ्चमा विरलै देखिन्छन् ।

गच्छदार पार्टीको सर्वोच्च पद सभापति र सत्ताको कार्यकारी प्रमुख पद प्रधानमन्त्रीमा मात्रै पुग्न बाँकी छ । पटक-पटक सत्तामा पुगेका गच्छदारको १४औं महाधिवेशन अघि पार्टीमा हैसियत बलियो थियो । १४औं महाधिवेशनमा अघि मनोनित उपसभापति रहेका गच्छदारले उक्त पद निर्वाचनबाट जोगाउन सकेनन् । सभापति देउवा पक्षबाट उपसभापतिको प्रत्यासी बनेका उनलाई धनराज गुरुङले दुई मतको अन्तरले हराए ।

गच्छदार २०४८ सालको निर्वाचन पछि सधैं शक्तिको वरपर रहे । हालसम्म पाँच पटक उपप्रधानमन्त्री बनेका गच्छदार १२ पटक मन्त्री बने । २०४८ सालमा सञ्चार राज्यमन्त्रीबाट सत्तासीन हुन सुरु गरेका उनको मन्त्री हुने यात्रा २०७४ सालमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री हुँदासम्म रह्यो । २०४८ सालदेखि निरन्तर संसदीय चुनाव जित्दै आएका गच्छदारले गत निर्वाचनमा भने पराजय भोगे ।

गच्छदार कांग्रेस पार्टी फुट्दा र जुट्दा देउवालाई साथ दिँदै महत्त्वपूर्ण जिम्मेवारीमा थिए । विद्यार्थी संगठनबाट माउ पार्टीको राजनीतिमा आएका उनी २०५२ सालमा केन्द्रीय सदस्य बने । पार्टी विभाजन हुँदा कांग्रेस (प्रजातान्त्रिक) को महामन्त्री बने । २०६३ मा कांग्रेसबाट फोरम प्रवेश गरेका उनी ११ वर्ष पछि २०७४ मा पुनः कांग्रेसमा शक्तिशाली हैसियतमा प्रवेश गरे ।

कांग्रेसमा निरन्तर शक्तिको अभ्यास गर्दै आएका गच्छदार पछिल्लो समय सार्वजनिक मञ्चमा विरलै देखिन्छन् ।

देउवाको समर्थनमा सभापतिमा उठ्ने गोपालमानको चाह

गत महाधिवेशन अघि सभापतिको ‘उम्मेदवार हुँ’ भन्दै हिंडेका नेता गोपालमान श्रेष्ठले अन्ततः देउवालाई सघाए । संस्थापन समूहबाट विद्रोह गरेर विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार हुँदा सोही समूहका श्रेष्ठ प्रत्यासी बनेनन् । देउवा भने मुताविक श्रेष्ठ पछि हटे । श्रेष्ठले सभापतिमा देउवालाई सघाउँदै खुलातर्फ केन्द्रीय समितिमा प्रतिस्पर्धा गरे ।

देउवा निकट रहेर पनि पछिल्लो समय श्रेष्ठ अवसरबाट वञ्चित हुँदै आएका छन् । तथापि, देउवाको आशा गर्न छोडेका भने छैनन् । १५औं महाधिवेशनमा देउवाले समर्थन गर्ने वचन दिइसकेको श्रेष्ठ दाबी गर्छन् । ‘१४औंमा म उठ्छु भन्दा शेरबहादुर जीले अन्तिम पटक हो मलाई सहयोग गर्नुस् भन्नुभयो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘१५ औंमा तपाई लड्नुस् भन्नुभएको थियो मलाई ।’

सभापतिले संस्थापन समूहबाट आफ्नो बाहेक अरूलाई अघि सार्ने सम्भावना नै नरहेको श्रेष्ठ दाबी गर्छन् ।

गत निर्वाचनमा प्रत्यक्षतर्फको टिकट आकांक्षी श्रेष्ठ समानुपातिकतर्फ खुम्चिए । जनजाति क्लस्टरमा पहिलो नम्बरमा रहेका उनलाई सभापतिले समानुपातिकमा रोजेनन् । प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट प्रतिनिधिसभा सदस्य हुन गरेको श्रेष्ठको जोडबलले काम गरेन । राष्ट्रिय सभाका लागि प्रयत्न गरे । राष्ट्रिय सभामा जान पाउने अपेक्षा सहित निर्वाचन आयोगबाट उनले समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम समेत फिर्ता लिइसकेका थिए । गण्डकीबाट राष्ट्रिय सभामा आउन खोजेका उनलाई देउवाले अघि सारेनन् ।

गत निर्वाचन लगत्तै भत्किएको कांग्रेस–माओवादीको गठबन्धन ब्युँतिएपछि श्रेष्ठले राष्ट्रपतिमा चाहना राखे । रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सभापति देउवा लाग्दा श्रेष्ठको उक्त पदमा पुग्ने आशा पनि मर्‍यो । पौडेल राष्ट्रपति बनेपछि आफूलाई वरिष्ठ नेता बनाउनुपर्ने माग समेत देउवासँग उनले गरेका थिए । गिरिजाप्रसाद कोइराला सभापति भएको समय उपसभापति र देउवा सभापति भएको बेला एक समय कार्यवाहकको जिम्मेवारी समेत सम्हालेकाले वरिष्ठ नेताको दाबी गर्नु स्वभाविक तर्क रहेको उनी बताउँछन् ।

सभापतिले संस्थापन समूहबाट आफ्नो बाहेक अरूलाई अघि सार्ने सम्भावना नै नरहेको श्रेष्ठ दाबी गर्छन् । ‘शेरबहादुर जीको सम्पत्ति खाने उत्तराधिकारी श्रीमती र छोरा छन् । राजनीतिक उत्तराधिकारी म हुँ नि । मलाई उछिन्ने अर्को व्यक्ति हाम्रो समूहमा छैन,’ श्रेष्ठले भने ।

१३औं महाधिवेशन पछि पार्टीको संगठन विभाग प्रमुखको भूमिकामा रहेका श्रेष्ठ त्यस यता उच्च तहको भूमिकामा छैनन् । उनले भौतिक योजना तथा निर्माण, शिक्षा, वन तथा भूसंरक्षण मन्त्री र उद्योग मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

अनिर्णित महेश आचार्य

गत महाधिवेशनमा महेश आचार्य कुनै समूहमा आवद्द थिएनन् । प्यानल विहीन उपसभापतिमा उम्मेदवारी दिएका आचार्यले ५८९ मत प्राप्त गरे । पदाधिकारीमा पराजित अधिकांशलाई देउवाले मनोनित केन्द्रीय सदस्य बनाउँदा आचार्यलाई भने रोजेनन् ।

महाधिवेशनका लागि धेरै समय बाँकी रहेकाले उम्मेदवारी दिने/नदिने वा कसैलाई समर्थन गर्ने बारे सोच बनाइ नसकेको आचार्य बताउँछन् ।

पदीय भूमिका नहुँदा उनका लागि पार्टीको कार्यबोझ छैन । पार्टीको सार्वजनिक कार्यमा आचार्य विरलै देखिन्छन् । बढी समय काठमाडौंमा विताउने गरेका आचार्य कहिलेकाहीँ मोरङ पुग्ने गर्छन् ।

पार्टीमा जिम्मेवार विहीन र कांग्रेसका कार्यक्रममा विरलै देखिने आचार्यले १५औं महाधिवेशनलाई ध्यानमा राखेर कुनै निर्णयमा पुगिसकेका छैनन् । महाधिवेशनका लागि धेरै समय बाँकी रहेकाले उम्मेदवारी दिने/नदिने वा कसैलाई समर्थन गर्ने बारे सोच बनाइ नसकेको आचार्यले अनलाइनखबरसँग बताए । आगामी महाधिवेशनबारे राखिएको जिज्ञासामा आचार्यले भने,‘हेरौं के हुन्छ । समय पनि छ । अहिले घरायसी जिम्मेवारीले मलाई धेरै बाँधेको छ । यसबाट विस्तारै निस्कन्छु । साथीहरूसँग सल्लाह गर्छु घटनाक्रमहरू हेर्छु ।’

कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग निकट रहेर काम गरे । १४ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा डा.शेखर कोइराला उम्मेदवार हुँदा उनी उक्त समूहमा रहेनन् ।

आचार्यले विगतमा अर्थमन्त्री, रक्षा र वनमन्त्री भूमिका निर्वाह गरेका थिए । आचार्य अर्थमन्त्री हुँदा हटाइएका गभर्नर तिलक रावललाई सर्वोच्चले पुनर्बहाली गरेपछि राजीनामा दिएका थिए । रावललाई पुनर्बहाली गर्दा आचार्य रक्षामन्त्री थिए । अदालतको आदेशपछि रक्षामन्त्रीबाट २०५७ चैत्र १६ गते राजीनामा दिएका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM