Wednesday, January 8, 2025
घरसमाचारकर्णालीको अदुवाको माग युरोपमा

कर्णालीको अदुवाको माग युरोपमा

सुर्खेत ।  कर्णालीका विभिन्न जिल्लामा उत्पादन भएको अदुवा युरोपसम्म पुग्न थालेको छ । 

युरोपबाट माग आएपछि किसानले अदुवासँगै बेसार पनि विदेश निर्यात गर्न थालेका छन् । 

सुर्खेतको भेरीगंगा नगरपालिका कालिदमारमा रहेको ‘द अर्ग्यानिक भ्याली’ ले किसानबाट खरिद गरेको अदुवा र बेसारलाई प्रशोधन गरेर युरोपसम्म निर्यात गरिरहेको छ । 

उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशबाट अदुवाको माग धेरै आउने गरेको छ । कर्णालीमा उत्पादन हुने अदुवा विषादीरहित, अर्ग्यानिक र गुणस्तरीय भएकाले युरोपबाट यसको माग बढी आइरहेको उद्योगका सञ्चालक समिर नेवाले बताउनुभयो । 

जर्मनीबाट समेत अदुवाको माग आइरहेको छ  । किसानबाट मागअनुसार उत्पादन नहुँदा बर्सेनि औसतमा ६ लाख युरो बराबरको अदुवा र बेसार विदेश निर्यात भइरहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार उत्पादन धेरै भएको बेलामा १२ लाख युरो बराबरको अदुवा निर्यात गरेपनि मागअनुसार उत्पादन नहुँदा औसतमा ६ लाख युरो बराबरको अदुवा र बेसार निर्यात हुँदै आएको छ । 

उहाँले विदेशबाट माग धेरै आएकाले बजारीकरणमा समस्या नभएपनि उत्पादन बढाउन अब  स्थानीय सरकारहरूले पनि किसानलाई सहयोग गर्न आवश्यक रहेको औँल्याउनुभयो । 

उद्योगमा बर्सेनि १ हजार ५ सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ । उद्योगमा हाल १ हजार २ सय मेट्रिकटन अदुवा र ३ सय मेट्रिकटनसम्म बेसार प्रशोधन हुने गरेको कम्पनले जनाएको छ । 

कर्णालीको अर्ग्यानिक अदुवा र बेसार विषादीरहित शुद्ध उत्पादन हुने भएकाले युरोपबाट माग आइरहेको सञ्चालक नेवाले बताउनुभयो । 

पहिले यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । तर अहिले सुर्खेतमा रहेको उद्योगले अदुवा र बेसारलाई प्रशोधन गर्न थालेपछि विदेशमा बढी निर्यात हुन थालेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -